कीर्तिपुर शहरको किल्ला एवं ढोकाहरू: उत्पत्ति, इतिहास र संस्कृति {Fort and Gates Of Kirtipur City: Origin, History and Culture}
DOI:
https://doi.org/10.3126/nc.v15i1.48543Keywords:
Fort, Gates, Kirtipur CityAbstract
पर्खालले घेरिएकाे मानव बस्ती किल्ला हाे र यस्ता किल्लाभित्र प्रवेश गर्नका लागि बनाइएका प्रवेशद्वारहरू ढाेका हुन् । तसर्थ कीर्तिपुर मध्यकालीन किल्लाबन्द शहर हाे । नेपालकाे एकीकरणकाे समयमा काठमाडाैं भ्रमण गर्ने एच्.ए. अेाल्डफिल्डले याे शहरका किल्ला र ढाेकाहरूकाे जीर्णताकाे चर्चा गरेका छन् । यी किल्ला र ढाेका सुरूमा सामरिक महत्वका कारणले बनाइएका थिए । तर विस्तारै यी ढाेकासँग कीर्तिपुरवासीका विभिन्न सांस्कृतिक अ।स्था र विश्वासहरू जाेडिंदै गए । मध्यकालीन नेपाल र खासगरी कीर्तिपुरमा विशेष ढाेका संस्कृतिकाे विकास हुन पुग्याे । कीर्तिपुर शहरकाे किल्ला र ढाेकाहरूकाे एैतिहासिकता के हाे? यस किल्लामा कति ढाेकाहरू रहेका थिए? र यी ढाेकासँग के कस्ता सांस्कृतिक अभ्यासहरू हुने गरेका छन् भन्ने प्रश्नहरूलाइ प्रमुख शाेधकाे प्रश्न बनाइ यिनकाे उत्तर खाेज्नका लागि याे शाेधकार्य गरिएकाे थियाे । यसकाे एैतिहासिक गुणात्मक ढाँचाकाे अनुसन्धान याेजना बनाइ अवलाेकन तथा अन्तर्वार्ता जस्ता विधिबाट प्राथमिक तथ्यहरू संकलन गरिएकाे थियाे । कतिपय तथ्य भने कीर्तिपुर शहरकाे एैतिहासिकता, किल्ला वास्तुकला, नेपालकाे बस्ती विकासजस्ता विषय समेटेर प्रकाशित भएका द्वितीयक स्राेत अन्तर्गतका पुस्तक तथा लेखहरूबाट पनि संकलन गरिएकाे थियाे । दुवै प्रकारका श्राेतबाट प्राप्त तथ्यहरूलाइ वर्णनात्मक शैलीमा प्रस्तुत गरेर लेख तयार पारिएकाे छ । यस अध्ययनबाट सन् १२४२ मै कीर्तिपुर एक किल्लाबन्द शहरका रूपमा स्थापित भै सकेकाे देखिएकाे र सन् १३७० देखि याे किल्लामा निरन्तर रूपमा किल्ला नायक (काेट्टनायक) जस्ता प्रशासकहरू नियुक्त भएकाे हुँदा याे निरन्तर किल्लाकै रूपमा विकसित भैरहेकाे थियाे भन्ने तथ्य पाइएकाे छ । अठाराैं शताब्दीमा किल्ला र ढाेकाहरू विकासकाे चरम उत्कर्षमा रहेकाे याे किल्लामा त्यस बेला कम्तिमा ११ ढाेकाहरू रहेकाे तथ्य पनि यसै अध्ययनबाट पुष्टि भएकाे छ । नेपाल एकीकरण पछि यसकाे सामरिक महत्व घटेपछि क्रमशः यी किल्ला र ढाेका जीर्ण बन्दै भाैतिक संरचना हराएकाे देखिन्छ । तर पनि लामाे समय यस्ताे किल्ला र ढाेकाहरूबाट सुरक्षित शहरमा बसाेबास गर्दै जादा विकसित भएकाे ढाेका सम्बद्ध संस्कृति हालसम्म विद्यमान रहेकाे तथ्य र यस्ताे ढाेका संस्कृतिकाे रूपमा हाल खराब अ।त्माकाे पुतला र मृतकले मृत्यू अघि उपयाेग गरेका र मृत्यूपछि अशुद्ध हुन पुगेका वस्तुहरू ढाेका बाहिर मात्र विसर्जन गर्नुपर्ने, मृतककाे लास समल ढाेकाबाट मात्र बाहिर लैजानु पर्ने, इन्द्राणी देवीकाे खट देवढाेकाबाट मात्र भित्राउनु पर्ने, जात्रा र देव नृत्य ताेकिएका ढाेकाहरूबाट मात्र शहरमा भित्राउनु पर्ने, मृत अ।त्मालाइ ढाेका बाहिर मात्र खाना अर्पण गर्नुपर्ने र सफाइकर्मी समुदाय ढाेका बाहिरमात्र बसाेबास गर्नुपर्ने सांस्कृतिक अभ्यासहरू यहाँ विकसित हुन पुगेकाे जस्ता तथ्यहरू यस अध्ययनबाट प्रकाशमा अ।एका छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University