सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग

Authors

  • Ramesh Kafle उपप्राध्यापक, सप्तकोशी बहुमुखी क्याम्पस, बराहक्षेत्र, सुनसरी

DOI:

https://doi.org/10.3126/naj.v3i1.76675

Keywords:

क्षण, जाति, परिवेश, मनोविज्ञान, समाजशास्त्र

Abstract

प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा यस कथाको विश्लेषण गरिएको छ र त्यसका लागि जाति, परिवेश र युगका कोणबाट यसमा फेला पर्ने समाजशास्त्रीय दृष्टिकोणको व्याख्या गरिएको छ । कथाले मूलतः समाजको यथार्थकै अङ्कन गर्ने हुँदा यसमा पनि कथाकार जोशीले आपूmले बाँचेको युगकै अभिव्यक्ति गरेका छन् । समाजमा धनी तथा सामन्त वर्गले गरिबमाथि कसरी शोषण गर्दछन् भन्ने कुराको चित्रण प्रस्तुत कथामा निकै राम्ररी गरिएको छ । समाजमा गरिबले भोग्नपुर्ने विविध समस्याको चित्रण भेटिने प्रस्तुत कथामा जाति, परिवेश र युगको जीवन्त चित्रण गरिएको छ । प्रस्तुत लेखमा सामाजिक यथार्थको चित्रण गरिएको जोशीको यस कथालाई समाजशास्त्रीय दृष्टिले अध्ययन गर्दा यसमा जाति, परिवेश र युगको अभिव्यक्ति निकै प्रभावकारी ढङ्गमा भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
13

Downloads

Published

2025-03-18

How to Cite

Kafle, R. (2025). सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग. Namuna Academic Journal, 3(1), 106–116. https://doi.org/10.3126/naj.v3i1.76675

Issue

Section

Research Articles