राइटर बाजे कथामा वरणस्वतन्त्रता तथा उत्तरदायित्वबोध

Authors

  • Lekhraj Khatiwada उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रिवि

DOI:

https://doi.org/10.3126/naj.v3i1.76670

Keywords:

आत्मालाप, वरणस्वतन्त्रता, अस्तित्वशीलता, नियति, स्वअस्तित्व

Abstract

प्रस्तुत लेख अस्तित्ववादको एक मूलभूत मान्यताका रूपमा रहेको वरणस्वतन्त्रता तथा उत्तरदायित्वबोधका आधारमा विश्वेश्वरप्रसाद कोइरालाले रचना गरेको राइटर बाजे कथाको विश्लेषणमा केन्द्रित छ । आफुलाई यस संसारमा एक्लै फालिएको अवस्थामा पाउने मानिसले कुनै निर्णय गरेर आफुलाई बनाउनुपर्दछ अनि ऊ जे बन्छ त्यसप्रति ऊ स्वयं नै उत्तरदायी हुन्छ र ऊ आफ्नो त्यस उत्तरदायित्वबाट पन्छिन सक्दैन भन्ने मान्यता अस्तित्ववादको रहेको छ । जीवन बचाइका क्रममा आफुलाई बनाउनका लागि मानिसले गर्ने स्वतन्त्र निर्णयबाटै उसको अस्तित्व पनि प्रमाणित हुन्छ भन्ने मान्यता अस्तित्ववादले अगि सारेको छ र यही मान्यताको अभिव्यक्ति कोइरालाको प्रस्तुत कथामा निकै प्रभावकारी ढङ्मा गरिएको छ । प्रस्तुत कथाकी नायिका भोटिनीले राइटर बाजेलाई पतिका रूपमा वरण गरेकै कारण उसले कुष्ठ रोगको सिकार हुँदै मृत्युलाई वरण गर्न पुगेको देखाइएको छ भने राइटर बाजेले बाहुन भईकन पनि भोटिनीलाई पत्नीका रूपमा वरण गर्दा समाजको गाल खप्दै बाँच्न बाध्य हुनु परेको देखाइएको छ । यसरी प्रस्तुत कथामा यसका पात्र र तिनका कार्यव्यापारका आधारमा अस्तित्ववादको एक मूलभूत मान्यताका रूपमा रहेको वरणस्वतन्त्रता तथा उत्तरदायित्वबोधलाई वाणी दिइएकाले यो अस्तित्ववादी कथा हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
25

Downloads

Published

2025-03-18

How to Cite

Khatiwada, L. (2025). राइटर बाजे कथामा वरणस्वतन्त्रता तथा उत्तरदायित्वबोध. Namuna Academic Journal, 3(1), 57–67. https://doi.org/10.3126/naj.v3i1.76670

Issue

Section

Research Articles