एक चिहान उपन्यासका पात्रहरुको शैलीवैज्ञानिक आधारमा चरित्र चित्रण
DOI:
https://doi.org/10.3126/naj.v3i1.76669Keywords:
उपन्यास, चरित्रचित्रण, पात्रवर्गीकरण, शैलीवैज्ञानिकAbstract
प्रस्तुत लेख हृदयचन्द्रसिंह प्रधानद्वारा २०१७ सालमा लिखित एक चिहान उपन्यासलाई शैक्षिक प्रयोजनका निम्ति सङ्क्षिप्त रूप दिने कार्य महादेव अवस्थीबाट २०६७ मा भएको छ र सोही सङ्क्षिप्तीकृत उपन्यासमा रहेका पात्रहरुको शैली वैज्ञानिक आधारमा गरिएको चरित्रचित्रणमा केन्द्रित छ । यस उपन्यासमा रहेका प्रमुख तथा सहायक पात्रहरुको शैली वैज्ञानिक आधारमा विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य हो । शैलीविज्ञानले कृतिमा घटेका घटना तथा पात्रहरूको सूक्ष्म तरिकाले मनोवैज्ञानिक अध्ययन गर्दछ । यस लेखको प्राथमिक स्रोतका रुपमा उपन्यासलाई लिइएको छ र द्वितीय स्रोतका रुपमा विभिन्न पुस्तक र लेख रचनालाई लिइएको छ । विवेच्य उपन्यासका पात्रहरूलाई पात्र वर्गीकरणका मूलभूत मान्यताका आधारमा शैली वैज्ञानिक रुपमा चरित्रचित्रण गर्नु यस अध्ययनको उद्देश्य रहेकाले लेखका रुपमा प्रस्तुतिकरण गर्दा वर्णनात्मक र गुणात्मक विधि प्रयोग गरिएको छ । पात्रको उपस्थिति पुरुष, स्त्री, प्रमुख, सहायक, गौण, अनुकूल, प्रतिकूल, गतिशील, गतिहीन, वर्गीय, व्यक्तिगत, नेपथ्य, मञ्चीय, बद्ध र मुक्तका रूपमा उपस्थिति रहने गर्दछ । सोही आधारमा पात्रहरूको वर्गीकरण सहितको विश्लेषण गरिएको छ । उपन्यासले दिन खोजेको सन्देशलाई पात्रहरूले सटिक ढंगले निर्वाह गरेका छन् । फरक विशेषता बोकेका पात्रहरूको भूमिकाले गर्दा उपन्यास सार्थक देखिन्छ ।