स्नातक अनिवार्य नेपाली पाठ्यक्रमको मूल्याङ्कन (Evaluation of Compulsory Nepali for Bachelor Level)
DOI:
https://doi.org/10.3126/mj.v4i1.67819Keywords:
पाठ्यक्रम, पाठ्यविषय, उद्देश्य, छनोट, स्तरणAbstract
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न सङ्कायका स्नातक तहमा अनिवार्य विषयका रूपमा लागु गरिएको अनिवार्य नेपाली विषयको पाठ्यक्रमका अङ्गहरूको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको यो लेख गुणात्मक ढाँचाको वर्णनात्मक विधिमा आधारित छ । पुस्तकालयीय अध्ययन अनुसार स्नातक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रमलाई अध्ययनको मूल सामग्रीका रूपमा छनोट गरी सोही पाठ्यक्रमबाट तथ्यहरू सङ्कलन गरी गुणात्मक ढाँचा अनुुसार वर्णन विश्लेषण गरिएको छ । यस अनुसार पाठ्यक्रममा साधारण उद्देश्य र विशिष्ट उद्देश्य पुरा गर्न एघार किसिमका पाठ्यविषहरू छनोट गरी एघार ओटा एकाइमा स्तरण गरिएको छ । पाठ्यक्रममा कक्षागत र प्रयोगात्मक गरी दुई खण्डमा शिक्षण विधि उल्लेख गरिएको छ । मूल्याङ्कन पद्धतिमा बाह्य र आन्तरिक परीक्षाका आधारहरू खुलाइएको छ । यी कुराहरू पाठ्यक्रमका सवल पक्ष भए पनि पाठ्यक्रमका केही कमजोरीहरू रहेका छन् । साधारण उद्देश्यमा राखिएको ‘पाठ वा पाठांशका विषयवस्तुमा आधारित भई स्वतन्त्र अभिव्यक्ति प्रकट गर्न’ भन्ने उद्देश्य विशिष्ट उद्देश्य र पाठ्यवस्तुमा पाइँदैन । त्यस्तै पाठ्यक्रमा राखिएको ‘कविता, गीत र गजल निबन्ध, कथा, उपन्यास र नाटकको सरसर्ती अध्ययन गरी तिनको आस्वादन गर्न’ भन्ने उद्देश्य विशिष्ट र पर्याप्त देखिँदैन । विभिन्न चित्राकृतिलाई अनुच्छेदमा रुपान्तर गर्न सकिए पनि अनुच्छेदका सूचनालाई वृत्तचित्र, स्तम्भ चित्र जस्ता विभिन्न चित्राकृतिमा विद्यार्थीलाई रूपान्तर गर्न लगाउनु उपयुक्त होइन किनकि यस्ता कार्य प्राविधिक विषय हुन् । त्यसैगरी शिक्षण विधिमा कक्षागत शिक्षणका लागि एकाइगत विधि र कार्यलापहरूको निर्देशन दिइएको छैन ।