सुखसत्ता निबन्धको सङ्कथन विश्लेषण {Syntax Analysis of Sukhasatta Essay}
DOI:
https://doi.org/10.3126/mj.v3i1.47933Keywords:
व्याकरणिक सम्बद्धक, विषयवस्तु , शृङ्खलाबद्ध, सम्प्रेषणीय, कोशीय सम्बद्धकAbstract
अभिव्यक्तिको सबैभन्दा माथिल्लो एकाइ सङ्कथनलाई यस लेखको अध्ययनीय विषयका रूपमा लिइएको छ । यस लेखको मुख्य उद्देश्य सुखसत्ता निबन्धको सङ्कथन विश्लेषण गर्नु रहेको छ । यो अध्ययन गुणात्मक अनुसन्धानको पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा सम्बद्धकका आधारमा मात्र सुखसत्ता निबन्धको सङ्कथन विश्लेषण गरिएको छ । यहाँ सार्वनामिक, स्थानिक, कालिक, संयोजन, पुनरावृत्ति र लोपका आधारमा व्याकरणिक सम्बद्धक र पर्यायवाची, विपरीतार्थी, समावेशी र सन्निधानका आधारमा कोशीय सम्बद्धकहरूको सङ्कथन विश्लेषण गरिएको छ । यस अनुसार सुखसत्ता निबन्धमा त्रिचालिस ओटा सार्वनामिक सम्बद्धक, अठार ओटा स्थानिक सम्बद्धक, तेर ओटा कालिक सम्बद्धक, पन्ध्र ओटा संयोजक प्रयोग भएको पाइन्छ भने पैँतिस ओटा भाषिक आइटम तिन पटकदेखि छब्बिस पटकसम्म पुनरावृत्ति र आठ ओटा भाषिक अंश विभिन्न सन्दर्भमा लोप भएको पाइन्छ । त्यसैगरी सो निबन्धमा दश जोडी पर्यायवाची, पाँच जोडी विपरीतार्थी, पाँच जोडी समावेशी समावेश्य र आठ जोडी सन्निधान कोशीय सम्बद्धकहरू प्रयोग भएको पाइन्छ । यस किसिमले सुखसत्ता निबन्धमा प्रयोग भएका व्याकरणिक सम्बद्धकहरूले व्यक्त विचारलाई कतै विस्तार गर्न, कतै स्पष्टीकरण दिन, त कतै विकल्प दर्साउन, विपरीत स्थिति देखाउन, तुलना गर्न, कार्य कारण दर्साउन लगायत विभिन्न सम्बन्ध जनाउन मद्दत गरेका छन् । त्यस्तै कोशीय सम्बद्धकले सो निबन्धमा व्यक्त विषयवस्तुलाई सिलसिलाबद्ध गर्न सहयोग गरेका छन् । यसरी ‘सुखसत्ता’ मा प्रयोग भएका विभिन्न किसिमका सम्बद्धकहरूले निबन्धलाई सरल, सरस र सम्प्रेषणीय बनाउन मद्दत गरेका छन् ।