चरीमाई उपन्यासमा भाषिक विचलन
DOI:
https://doi.org/10.3126/medha.v7i2.77200Keywords:
कोशीय विचलन, ध्वनिप्रक्रियागत विचलन, प्रयुक्ति, भाषिका, व्याकरणिक विचलनAbstract
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश्लेषण गर्नु हो । यसमा प्राथमिक सामग्रीका रूपमा चरीमाई उपन्यासलाई लिइएको छ भने पुस्तकालय कार्यबाट पुस्तक, पत्रपत्रिका, शोधपत्र तथा लेखरचनाहरूलाई द्वितीय सामग्रीका रूपमा उपयोग गरी वर्णनात्मक विधिको प्रयोग गरिएको छ । लेखमा विचलका सान्दर्भिक प्रयोगको विश्लेषण गरिएको छ । यसले उपन्यासको बाह्य सौन्दर्य बढाउनुका साथै भावगत गहनतालाई जीवन्त तुल्याएको छ । भाषिक विचलको सार्थक प्रयोगले उपन्यासको भाव र अर्थगतपक्ष सौन्दर्यपूर्ण बनेको छ । प्रतीकात्मक, लक्ष्यार्थ, व्यञ्जनामूलक भाषिक एकाइ, उखान र टुक्काको प्रयोगले उपन्यासमा आकर्षण थप्नुका साथै प्रस्तुतीमा सौन्दर्य बढाएको छ । उपन्यासमा ध्वनि, कोशीय, भाषिकागत, प्रयुक्ति, व्याकरणिक, आर्थी र लेख्यप्रक्रियागत तहमा विचलनका सान्दर्भिक प्रयोग गरिएका छन् । प्रतीकात्मक भाषिक प्रयोग गरी आर्थी विचलनद्वारा अभिव्यक्तिलाई आकर्षक तुल्याई लक्ष्यार्थ र व्यञ्जनामूलक भाषिक एकाइको प्रयोग गरिएको छ । प्रस्तुतिमा सौन्दर्य बढाउँदै उपन्यासलाई आकर्षक बनाइएको निचोड निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.