‘यात्री’ कवितामा लयविधान

Authors

  • Padam Prasad Niroula उप–प्राध्यापक (नेपाली विभाग), महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

DOI:

https://doi.org/10.3126/medha.v7i2.77196

Keywords:

आवृत्ति/पुनरावृत्ति, समानान्तरता, विचलन, लोप

Abstract

प्रस्तुत  लेखमा  ‘यात्री’  कविताको  लय  व्यवस्थाको  अध्ययन  गरिएको  छ ।  मानवतावादी  दृष्टिकोण  प्रस्तुत  गरिएको यस कवितामा अवस्थित लय व्यवस्थाको खोजी गर्ने प्रयोजनमा यो लेख केन्द्रित छ । यसका लागि सांस्कृतिक अध्ययनअन्तर्गतको  सीमान्तीयतालाई  सैद्धान्तिक अवधारणाका  रूपमा  उपयोग  गरिएको  छ ।  प्रस्तुत  अध्ययनलाई गुणात्मक  अनुसन्धान  ढाँचा  र  विश्लेषणात्मक  विधि  अवलम्बन  गरी  निष्कर्षमा  पुर्‍याइएको  छ  ।  यस  अध्ययनमा कविले  प्रस्तुत गरेका भाषिक प्रयोगका आधारमा  लयव्यवस्थाको  अध्ययनलाई  विश्लेषण  गरी निष्कर्षमा पुगिएको छ ।  यस  आलेखमा  ‘भिखारी’  सङ्ग्रहभित्रको  ‘यात्री’ कविताको  लयविधानको  पक्षलाई  विश्लेषण  गर्ने  काम गरिएको  छ  ।  यसमा  मूलतः  पुस्तकालय  विधिको  प्रयोग  गरी  सङ्कथन  विश्लेषणका  भाषिक  पक्षलाई  आधार बनाउदै  ‘यात्री’  कविताको  पङ्क्तिविन्यास  र  आवृत्ति  समानान्तरता  तथा  लोप,  विचलन  र  लेख्य  चिह्नको  प्रयोगले कवितामा कसरी लय सृजना भएको छ ? भन्ने कुरालाई छलफल गरी निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

Niroula, P. P. (2025). ‘यात्री’ कवितामा लयविधान. Medha: A Multidisciplinary Journal, 7(2), 69–78. https://doi.org/10.3126/medha.v7i2.77196

Issue

Section

Articles