शब्दव्युत्पादन प्रक्रिया र प्रकार

Authors

  • Dipak Prasad Dhakal उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/medha.v7i2.76067

Keywords:

अरैखिक क्रमात्मक, आर्थी संलयन, ध्वनिक वस्तु, रूपायन, रैखिक क्रमात्मक, लेखिमिक वस्तु

Abstract

प्रस्तुत लेखमा नेपाली भाषाका कोशीय अर्थयुक्त शब्दव्युत्पादनको प्रक्रिया अध्ययन गरिएको छ । शब्दव्युत्पादन निश्चित कोशीय अर्थ भएको आधार संरचनामा अर्थपरिवर्तक परिधीय संरचनाको योग हो । कोशीय अर्थयुक्त संरचनामा अर्थपरिवर्तक एकाइको योग र यस्तो प्रक्रियाबाट नयाँ आर्थी एकाइ व्युत्पादनलाई मात्र यस लेखमा अध्ययन गरिएको छ । लेख तयारीका क्रममा पुस्तकालय कार्यबाट प्राप्त सामग्रीलाई आगमनात्मक विधिको प्रयोग गरी प्रस्तुत गरिएको छ । भाषिक एकाइ तथा तिनको स्वनिम संरचनाका तहमा प्राप्त भएको आर्थी संज्ञानात्मक परिवर्तन अध्ययन गरिएकाले यो लेख गुणात्मक विधिमा केन्द्रित छ । नेपाली भाषामा पूर्वसर्ग आधार पदका अघि जोडिँदा स्वनिमको रैखिक क्रमात्मक सम्बन्ध पाइन्छ । त्यसैगरी तद्धित सर्गप्रक्रियामा स्वनिमको क्रम रैखिक अनुक्रमात्मक, अरैखिक क्रमात्मक र लुप्त स्वनिम क्रमात्मक रूपमा पाइन्छ । त्यसैगरी कोशीय समीकरणीय एकाइको आर्थी संलयन तथा पृथक्ताबद्ध आर्थी एकाइको सङ्क्षेपार्थी अवस्था देखिन्छ । यसका निम्ति आवश्यक सैद्धान्तिक अधार तथा नेपाली भाषामा प्रचलित शब्द र तिनको अर्थका बिचमा रहेको स्वनिम बारे विश्लेषण गरिएको छ । आवश्यकताअनुसार तालिकामा त्यस्ता शब्दको संरचनात्मक विश्लेषण गरिएको छ ।   

Downloads

Download data is not yet available.
Abstract
2
PDF
1

Downloads

Published

2025-04-07

How to Cite

Dhakal, D. P. (2025). शब्दव्युत्पादन प्रक्रिया र प्रकार. Medha: A Multidisciplinary Journal, 7(2), 39–50. https://doi.org/10.3126/medha.v7i2.76067

Issue

Section

Articles