मिडिया कभरेजमा राणाकालीन संसद
DOI:
https://doi.org/10.3126/medha.v7i2.76043Keywords:
व्यवस्थापिका, संविधान, निरङ्कुश शासन, पत्रकारिताAbstract
प्रस्तुत अनुसन्धानात्मक राणाकालीन संसदीय अभ्यासमा केन्द्रीत छ । कुनै समय समुन्द्रले नछोएको मुलुक नेपालमा कसरी संसद बन्न सक्छ भनेर प्रश्न गर्ने राणा शासक के कति कारणले संसद स्थापना गर्न वाध्य भए, राणाकालीन संसदका के कस्ता विशेषता थिए र व्यवस्थापिकाको काम कारवाही बारे गोरखापत्रमा के कस्ता समाचार सामाग्री प्रकाशित भए भन्ने विषयमा खोजी गर्नु यो अध्ययनको उद्देश्य रहेको छ । जङ्गबहादुर कुँवरले बि.सं. १९०३ मा आफू र आफ्ना सन्तानले मात्र शासन गर्न पाउने गरी प्रारम्भ गरेको राणा शासनले शताव्दी पार गर्दासम्म पनि नेपालमा संसदको आवश्यकता र महत्त्वका बारेमा धेरै अनभिज्ञ थिए । शिक्षा र चेतनाको चरम अभाव रहेको त्यो युगमा राणा प्रधानमन्त्रीलाई भगवानको अवतार मानेर पूजा गर्ने आम जनताको त के कुरा, शासक वर्ग, बुद्धिजिवी समेत संसद बारे अनभिज्ञ थिए । शासकको गुणगानका लागि खोलिएको एउटा गोरखापत्र बाहेक कुनै पत्रपत्रिका थिएनन् । भारतबाट प्रकाशित हुने पत्रपत्रिका पढ्ने र रेडियो सुन्ने अधिकार समेत उनीहरूलाई थिएन । सुधारवादी सोचका पद्मशमशेर प्रधानमन्त्री भएपछि सर्वसाधारणले रेडियो सुन्ने अधिकार पाए । ठाँउ ठाँउमा स्कूल खुले । नगर पञ्चायतको चुनाव भयो । पद्मशमशेरले २००४ सालमा मुलुकको पहिलो लिखित संविधान घोषणा गर्दै श्री ३, भारदारी सभा र राष्ट्रसभा रहेको व्यवस्थापिका रहने प्रावधान राखे । कम्याण्डर इनचीफ मोहनशमशेर लगायत कट्टरपन्थी राणाहरूको दवावका कारण आफैले घोषणा गरेको संविधान लागू गर्न नसकेर पद्मशमशेर भारत पलायन भए । उतैबाट राजीनामा पठाए र मोहनशमशेर प्रधानमन्त्री बने । भारतबाट अंग्रेजहरू फिर्ता भएको, नेपाल भित्र र बाहिर राणाहरूको सशक्त विरोध हुन थालेको अवस्थामा मोहनशमशेरले सुधारको नाटक मञ्चन गर्दै नेपालकै पहिलो संसदका रुपमा व्यवस्थापिकाको उद्घाटन गरे । राणा परिवारका सदस्य र चाकरिवाजहरू रहेको त्यो संसदको कुनै अर्थ थिएन । तैपनि नेपाली संसदको उद्गम र यसको इतिहास जान्न, बुझ्न तथा त्यो घटनाका बारेमा गोरखापत्रमा के कस्ता समाचार समाग्री प्रकाशित भए भन्ने बिषयमा अध्ययन गर्न चाहनेहरूका लागि राणाकालीन संसदीय अभ्यास रुचीकर र उपयोगी हुन सक्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.