जीवनजगत्, भाषा र मनको सम्बन्ध
DOI:
https://doi.org/10.3126/medha.v7i2.76041Keywords:
अङ्गीभाव सम्बन्ध, अन्योन्याश्रित सम्बन्ध, सङ्केतक, साङ्केतित, सम्प्रेषणAbstract
प्रस्तुत लेख जीवनजगत्, भाषा र मनको सम्बधको अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा जीवनजगत्, भाषा र मनको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनका बिचको सम्बन्धको निर्क्योल गरिएको छ । विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी जीवनजगत्, भाषा र मनको सम्बन्धको अध्ययन गर्दा प्राप्त भएको निष्कर्ष के हो भने भाषा र मन जीवनजगत्कै अङ्ग भएकाले जीवनजगत्सित भाषा र मनको अङ्गाङ्गीभाव सम्बन्ध छ । जीवनजगत् अङ्गी हो भने भाषा र मन अङ्ग हुन् । यस्तै भाषाले समग्र जीवनजगत्को चित्र उतार्ने भएकाले र यसको उत्पादन, भण्डारण र सम्प्रेषण गर्न मनले सहयोग गर्ने भएकाले यी तीन बिच पनि सम्बन्ध छ । जीवनजगत् भनेको वस्तु, भाव, घटना र अवस्थाको समष्टि हो, भाषा चाहिँ जीवनजगत्का वस्तु, भाव, घटना र अवस्थाको सङ्केतक हो । शब्दचित्रका माध्यमबाट भाषाको उत्पादन, भण्डारण र सम्प्रेषण गर्ने मन चाहिँ भाषा र जीवनजगत्को सम्बन्धसेतु हो । यसरी मानसिक शब्दचित्र हुँदै अभिव्यक्त भएको भाषाका माध्यमबाट जीवनजगत् चिनिने भएकाले र भाषाको रिक्ततालाई जीवनजगत्ले सम्पूरण गर्ने भएकाले जीवनजगत्, भाषा र मनका बिच अङ्गाङ्गीभाव सम्बन्धका साथै अन्योन्याश्रित त्रिकोणात्मक सम्बन्ध छ भन्ने मुख्य निष्कर्ष प्रस्तुत लेखबाट प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.