लङ्गडाको साथी उपन्यासमा सीमान्तीयता
DOI:
https://doi.org/10.3126/medha.v7i2.76040Keywords:
वर्गीय, जातीय, लैङ्गिक, सीमान्तAbstract
प्रस्तुत लेख लङ्गडाको साथी उपन्यासमा सीमान्तीयताको अध्ययन र विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा लङ्गडाको साथी उपन्यासमा सामाजिक संरचनागत सीमान्तीयताको विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठमा प्रस्तुत विषयका आधारमा सीमान्तीयताको खोजी र विश्लेषण गरिने यस लेखको स्वरूप विषयवस्तुमा केन्द्रित विश्लेषण विधिमा आधारित रहेको छ । सीमान्तीयता मार्क्सवादले प्रतिबिम्बन गर्न नसकेको सांस्कृतिक सन्दर्भका आधारमा निर्मिति अध्ययनपद्धति हो । यसमा इतिहासलेखनमा भएका पारस्मरिक पद्धतिका विपरीत समाजका इतिहासविहीनको इतिहासलाई पनि मूलधारमा ल्याइनुपर्छ भन्ने मान्यता स्थापित छ । समाजमा निम्नवर्गीय जीवन व्यतित गरी उपेक्षित र अस्तित्वविहीन जीवन बाँच्ने लङ्गडाको जीवनवृत्त र उसले बाँचेको जीवनको विभेदकारी अवस्थाको चित्रण गरिएको लङ्गडाको सागी उपन्यास कथ्यविषय र पात्रगत रूपमा सीमान्तीय विषय नै केन्द्रीय वस्तुका रूपमा चयन र प्रयोग गरी लेखिएको कृति हो । यस उपन्यासमा वर्गीग रूपमा पहिचानविहीन जीवन व्यतित गर्ने पात्रको पहिचानविहीनताको अभिव्यञ्जना भएको छ । यस लेखमा समाजमा आफ्नै वर्गबाट समेत दमनमा परेको लङ्गडा वर्गीय, जातीय र लिङ्गीय रूपमै विभेद र वत्तिचतीकरणमा परी सीमान्तीय भूमिकामा रहेको विषयमा विमर्श गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.