संसक्ति व्यवस्थाका दृष्टिले 'हामी सहँदै जाउँला' कविताको विश्लेषण
DOI:
https://doi.org/10.3126/medha.v7i2.76039Keywords:
सङ्कथन, सार्वनामीकरण, विलोपन, प्रतिस्थापन, पर्यायता, विपरीतार्थताAbstract
प्रस्तुत लेख 'हामी सहँदै जाउँला' कविताको संसक्तिपरक विश्लेषण मूल समस्यामा अधारित छ । यस लेखमा गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा अधिरत विषयगत विश्लेषण गरिएको छ । पुस्तकालयबाट सङ्कलित सामग्रीको विश्लेषणमा अधारित प्रस्तुत लेखमा कवि कुन्ता शर्माद्वारा रचित 'हामी सहँदै जाउँला' कवितामा संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । नेपाली साहित्यकामा प्रगतिवादी चिन्तनलाई आत्मसात गर्दै साहित्य सिर्जन कार्यमा सक्रिय शर्माका साहित्यिक सिर्जनाहरू संसक्तिका दृष्टिले केकति सबल छन् भन्ने कुराको अध्ययन यसमा गरिएको छ । कुनै पनि सहित्यक रचनामा सशक्त भाव सम्प्रेषणका लागि संसक्तिको विशेष महत्त्व रहेको हुन्छ । भाषिक तत्त्वका रूपमा प्रयुक्त व्याकरणिक तथा कोशीय संसक्तिले नै पाठमा सुसम्बद्धता कायम गरी भावलाई एउटा शृङ्खलामा जोड्ने काम गरेको हुन्छ । नेपाली व्याकरणसापेक्ष प्रयोगमा रहेका निदर्शन कोटिको सार्थक र सम्यक प्रयोग गरिएको यस कवितामा सार्वनामीकरणको उचित प्रयोगका कारण प्रस्तुतिगत चुस्तता तथा कथ्यगत संसक्तिको सिर्जना भएको छ । काव्यिक अभिव्यक्तिका लागि आलङ्कारिकता सिर्जना गर्नका लागि यथोचित् मानकीकृत भाषाको विचलन गरिएको यस कवितामा अध्याहारबाट अर्थबोध सहजतापूर्वक गर्नसकिने विलोपनको समेत प्रयाग भई प्रस्तुतिगत संसक्ति सिर्जना भएको छ । यस लेखमा सीमित तर सटीक संयोजन व्यवस्थापन गरिएको यस कवितामा पुनरनवृत्ति र विपरीतार्थक अभिलक्षण भएका कोशीय अनुबन्धनका कारण पाठगत संसक्ति निर्मितिका लागि उपयुक्त माध्यम बनेको विषयमा विमर्श भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.