‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक अध्ययन

Authors

  • Arjun Kumar Shrestha शिक्षक ,श्री गुह्येश्वरी मा वि सिनामङ्गल, काठमाडौँ

DOI:

https://doi.org/10.3126/medha.v7i2.76025

Keywords:

लोकआख्यानात्मक, घटक, उतारचढाव, संरचना, परिवर्तनशीलता

Abstract

प्रस्तुत अध्ययनमा ‘टुहुराका दिन फर्किन्छन्’  लोककथाको संरचनात्मक विश्लेषण गर्ने प्रयास गरिएको  छ । यहाँ  टुहुराका दिन फर्किन्छन्’ लोककथाको कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैलीगत आधारबाट विश्लेषण गरिएको छ । संरचनात्मक घटकहरूको योगबाट बन्ने पूर्ण कृति हो कथा । यसमा पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठताजस्ता गुण    हुन्छन् । यस लोककथाको कथानकविन्यास क्रमिक वा रैखिक ढाँचामा संरचित छ । कथानकको आदि, मध्य र अन्त्यको शृङ्खला मिलेको छ । लोककथामा उपस्थित सहभागीहरूका कार्यव्यापारले लोककथालाई जीवन्त र मौलिक बनाएका छन् । लोककथाको भाषाशैली सरल, सहज र सुबोध्य छ । लोककथाका संरचक घटकहरू कथानक, सहभागी, परिवेश, उद्देश्य र भाषाशैलीय विन्यासका दृष्टिले लोककथा अब्बल, सरल र श्रुतिमधुर छन् । ‘टुहुराका दिन फर्किन्छन्’  लोककथाले दिक्तेल–रूपाकोट–मझुवागढी क्षेत्रमा बसोबास गर्ने समुदायको दिनचर्या, जीविकोपार्जनको तरिका, उनीहरूले भोग्नुपरेका समस्या र पीडालाई यथार्थ रूपमा प्रस्तुत गरेको छ । ग्रामीण जीवनका आरोहअवरोह, जीवन भोगाइका उतारचढाव र दुःखपछि आउने सुखको क्षणलाई देखाएर धैर्यसाथ कर्म गर्न उत्प्रेरणा दिएका  छन् । यस लोककथाले सत्मार्गमा हिँड्ने, सत्कर्म गरे भाग्यले साथ दिन्छ भन्ने  सन्देश दिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-04-07

How to Cite

Shrestha, A. K. (2025). ‘टुहुराका दिन फर्किन्छन्’ लोककथाको संरचनात्मक अध्ययन. Medha: A Multidisciplinary Journal, 7(2), 13–28. https://doi.org/10.3126/medha.v7i2.76025

Issue

Section

Articles