मुलुकबाहिर उपन्यासमा पात्रविधान
DOI:
https://doi.org/10.3126/medha.v7i1.73887Keywords:
कार्यव्यापार, चरित्र चित्रण, जीवनचेतना, शैलीवैज्ञानिकAbstract
प्रस्तुत अध्ययनपत्रमा उपन्यासकार लैनसिंह बाङ्देलको 'मुलुकबाहिर' उपन्यासको पात्रविधानको अध्ययन गरिएको छ । देशभित्र गाँस र कपासको समस्याले गर्दा दुई/चार पैसा कमाउने आश बोकेर मुग्लान पस्ने नेपालीहरूले मुग्लानमा सामना गर्नुपर्ने समस्यालाई विषयवस्तु बनाएर रचिएको यस उपन्यासमा प्रयुक्त पात्रहरूको शैलीवैज्ञानिक दृष्टिले अध्ययन गर्ने र प्रमुख पात्रका चारित्रिक विशेषताहरू केलाउने काममा नै अध्ययनलाई केन्द्रित गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको भएको हुनाले अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री पुस्तकालय कार्यबाट नै सङ्कलन गरिएको छ र शोध्य प्रश्नको समाधानार्थ साहित्यका विधागत तत्त्वसँग सम्बद्ध पात्रविधानको सैद्धान्तिक पक्षलाई विश्लेषणको आधार बनाई सङ्कलित सामग्री विश्लेषणका लागि व्यख्यात्मक तथा पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । उपन्यासको विषयवस्तु देश छोडेर बिदेसिएका श्रमजीवीहरूको व्यथामा केन्द्रित रहेकको हुनाले पात्रहरू पनि बढीजसो श्रम गर्नसक्ने युवाहरू नै रहेका छन् । खालिङ बुढा, सेर्बा बुढा, दलेकी आमा आदि केही वृद्ध पात्रको प्रयोग गरिएको भए पनि तिनीहरू पनि श्रमजीवी नै भएर आएका छन् । सबै पात्रको जीवन निर्वाहको मुख्य आधार शारीरिक श्रम नै रहेको छ । एकातिर देशको अवस्थाका कारण र अर्कातिर आफूमा रहेका चरित्र दोषका कारण समस्याको भूमरीमा पिल्सिएका पात्रका माध्यमबाट नेपाली समाजको यतार्थ चित्र प्रस्तुत गर्नु उपन्यासको उद्देश्य रहेको र उपन्यासमा त्यसैअनुरूपको पात्रविधान रहेको अध्ययनबाट देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.