हंस उपन्यासमा पर्यावरण चेतना
DOI:
https://doi.org/10.3126/medha.v7i1.70148Keywords:
अजैविक चक्र, अभिमिश्रित प्रजाति, पर्याचक्र, पर्यावरणीय सन्तुलन, जैविक चक्रAbstract
प्रस्तुत लेख उपन्यासकार जीव उप्रेतीको हंस उपन्यासमा गहन पर्यावरण चेतना अध्ययनमा केन्द्रित छ । गहन पर्यावरणसम्बन्धी दृष्टिकोणमा पृथ्वीको सतहमा रहेका हरेक जैविक तथा अजैविक प्रणालीका बीच पारस्परिक निर्भरता खोजिन्छ । मानवीय क्रियाकलाप अन्त्यहीन शक्तिमा आधारित छ र उसले जस्तासुकै गतिविधि पनि आफ्नो बल एवं चातुर्यमा गर्न सक्छ एकक्षीय सोचको प्रतिवाद यसमा गरिन्छ । मानव जैविक तथा अजैविक चक्रीय प्रणालीमा बद्ध अस्तित्वमात्र हो । त्यसैले ऊ पर्याचक्रको अधीनमा रहेको जैविक अस्तित्वबाहेक केही होइन भन्ने कोणबाट यस उपन्यासमा गहन पर्यावराण चेतना अध्ययन गरिएको छ । यस लेखको शोध क्षेत्र र समस्या सोद्देश्य रुपले चयन गरिएको हो । पुस्तकालयबाट प्राप्त सामग्रीलाई यस लेखमा प्रयोग गरिएको छ । शोध क्षेत्रमा प्राप्त समस्याको पहिचान पूर्वकार्यमा भएका अध्ययन र तिनमा रहेका रिक्तताबाट गरिएको हो । हंस मानव र मानवेतर जैविक तथा अजैविक अस्तित्वको पारस्परिकतामा आधारित उपन्यास हो । मानवले आफ्नो अनुभव र विश्वासअनुसार समाज निर्माण गर्छ । समाजमा भाषाको माध्यमद्वारा खास साझा बुझाइ वा सङ्कथन तयार गर्छ । यस क्रममा वरिपरिको पर्याचक्रमाथि मेरो अनियन्त्रित र सहजात अधिकार छ भन्ने एकपक्षीय सोच विकास गर्छ । पर्याचक्रमा मानवेतर जैविक तथा अजैविक अस्तित्व पनि छन् । ती अस्तित्वको अनुपस्थितिमा मानवले जैविक आकार र खाद्यस्रोतसमेत प्राप्त गर्न सक्तैन तर यस कोणबाट मानवले सोच्न सकेको छैन । यसका विपरीत मानवेतर जैविक अस्तित्वले मानवको आलोचनात्मक मूल्याङ्कन गरेका हुन्छन् । मानवका अतिक्रमित व्यवहार र त्यसले पारेका समस्यामा आफूलाई खोजेका हुन्छन् । यस्तो मानवेतर भाषाभन्दा फरक प्रकारले गरिएको बोधको पृथक् संसार झन संवेदनशील छ । यसलाई सम्मान गरेर नै मानवको जैविक प्रणाली निरन्तर हुन सम्भव छ भन्ने निष्कर्ष यस लेखबाट प्राप्त हुन्छ । लेखमा विश्लेषणका क्रममा गहन पर्यावरण चेतनासम्बन्धी मान्यता आरम्भमा प्रस्तुत गरी त्यसका सूचकका आधारमा उपन्यासका सन्दर्भ अंशसँग विश्लेषणात्मक सम्बन्ध प्रस्तुत गरी विमर्श गरिएको छ । यसरी विमर्श गर्दा मानवीय पर्यावरण, मानवेतर पर्यावरण र दुवै पक्षमा विकसित भएको आदर्श सत्ता (अदृश्य शक्ति) को कथानक स्थिति विश्लेषण गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.