साहित्यिक समाजशास्त्रीय अध्अययन पद्धति: सैद्धान्तिक परिचर्चा {Methodology of Literary Sociological Studies: A Theoretical Discussion}
DOI:
https://doi.org/10.3126/koshipravah.v1i1.57445Keywords:
समीक्षा सिद्धान्त, दर्पण सिद्धान्त, विश्वदृष्टि, अनुभूति, संरचना, प्रजातिAbstract
यस लेखमा रचनाको समाजशास्त्रीय आयतन र समाजशास्त्रको वस्तुगत आयतन खोज्ने उद्देश्यले कृतिको वस्तुता र समाजशास्त्रको वस्तुताको समवेत र अलग सिंहावलोकन गरिएको छ । समाज र जीवनको विविधता नै साहित्यको कच्चा पदार्थ हो । व्यक्ति सामाजिक हुनको नाताले उसका स्रष्टा र द्रष्टा दुबै व्यक्तिtव पनि यसैबाट निर्माण हुन्छन् । स्रष्टाले र्जना गरेको कृतिभित्र प्रत्यक्ष रूपमा समाजशास्त्र हुन्छ । जसरी तोरी प्रत्यक्ष हो तर तोरी तोरीमात्र होइन त्यसले आफूभरि तेल बोकेको हुन्छ जो पेलेपछिमात्र हामी पाउँछौँ यसै गरी यस लेखमा साहित्यमा सन्निहित समाजशास्त्रको खोज गर्ने विधि वा पद्धति प्रस्तुत छ । यसमा ऐतिहासिक, तुलनात्मक एवम् प्रकार्यात्मक पद्धतिको परिचय र चर्चा गरिएको छ । समाजशास्त्रीय अध्ययनका मापदण्ड र मूल्यहरूको चर्चा गर्ने सन्दर्भमा समाज, जीवन र मनोविज्ञान कृतिमा खोज्न सकिने र कृतिबाट फेरि समाजशास्त्र खोज्न सकिने सैद्धान्तिक धरातलको चर्चा गरिएको छ । रचनाकारले साहित्यका विभिन्न विधामा आफ्ना अनुभूतिको प्रकटीकरण गर्छ । यस सन्दर्भमा उसले आफू बाँचेको युग, भोगेको जीवन र उसका अनुभूति समाजका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, यथार्थ र मनोविज्ञान उसका रचनामा सुषुप्त वा प्रकट रूपमा पनि रहन्छ । कृतिबाट समाजको यही अन्तर्सम्बन्धको खोजी नै साहित्यको समाजशास्त्र हो । अझ स्पष्ट शब्दमा भन्दा साहित्यिक कृतिभित्रबाट समाजशास्त्रको खोजी गर्नु नै साहित्यको समाजशास्त्र हो । साहित्यको समाजशास्त्र खोज्ने क्रममा साहित्यभित्र रहेको प्रजाति, युग र पर्यावरण, संस्कृति, संरचना र भाषिक शृङ्खला, विश्वदृष्टि, स्रष्टा र द्रष्टाबीचको अनुभूतिको संरचना र भाषिक अवस्थाको खोज अनुसन्धान साहित्यमा गरिन्छ । यो खोज र अनुसन्धान नै साहित्यको समाजशास्त्रीय अध्ययन हो । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ऐतिहासिक, तुलनात्मक र प्रकार्यात्मक पद्धतिको प्रयोग मूलभूत रूपमा गर्न सकिन्छ । साहित्यको समाजशास्त्रीय अध्ययनका लागि ‘साहित्य समाजको ऐना हो’ भन्ने दपर्ण सिद्धान्त र ‘साहित्य समाजको समीक्षा हो’ भन्ने समीक्षा सिद्धान्तका पक्षपाती दुई शाखा छन् । यसका मूल अभियन्ता मेडम डे स्टेल, इपिली तेन, रबर्ट स्कार्पिट, लियो लावेन्थल, लुसिए गोल्डम्यान र रेमन्ड विलियम्स हुन् ।