बौद्ध साहित्य चिन्तन र यसका प्राप्तिहरू
DOI:
https://doi.org/10.3126/kmcnj.v5i5.73741Keywords:
सीमान्तीकृत, लैङ्गिक, वर्गीय, प्रभुत्वशाली, उत्पीडनAbstract
‘प्रस्तुत लेखमा बौद्ध साहित्य चिन्तनको सर्वेक्षण गरी यसका प्राप्तिहरू केलाउने प्रयास गरिएको छ । खासगरी बालक सिद्धार्थको आँट, साहस, त्याग, तपस्या र बुद्धत्व प्राप्तिपश्चात विकशित बौद्ध साहित्य चिन्तनलेवर्तमान संसारका लागि केकस्तो महत्त्व राख्छ भन्ने कुरा ‘ग्रन्थहरूमा जेजसरी व्यक्त भएको छ, तिनकासारभूत कुराहरूलाई समातेर विश्वलाई यसले दिएको योगदान ठम्याउने काम यस आलेखमा गरिएको छ ।त्यागबाट महान्ता प्राप्त हुन्छ, र त्यसले शान्ति, अहिंसा र सदाचारपूर्ण संसारका लागि विशेष महत्त्व राख्छभन्ने कुरा लेखको प्राप्ति हो । सिद्धार्थको साधनाबाट बुद्धत्व प्राप्ति अनि त्यसबाट अर्जित ज्ञान चार आर्यसत्य,पञ्चशील, अष्टाङ्ग मार्ग, द्वादश निदान, महापरिनिर्वाण आदि वर्तमान संसारका लागि अपरिहार्य प्राप्ति हुन्भन्दै बौद्ध धर्मलाई वैज्ञानिक र व्यवहारिक धर्मका रूपमा स्थापित गर्न गरिएका प्रयत्नहरूका सन्दर्भहरूलाईपर्गेल्दा यो धर्म अलि बढी बौद्धिक, व्यवहारिक र वैज्ञानिक छ भन्ने कुराको निक्र्यौल यस आलेखमा गरिएको छ। बुद्धले विश्वलाई नैतिकताको पाठ सिकाएका छन् भन्ने बौद्ध चिन्कोतनको सारवस्तुलाई लिई यसका विभिन्नसम्प्रदयाहरू विकशित भएका छन् र ती व्यवहारिक नै छन् भन्ने कुराको आकलनका साथ आफ्नो विकासकालागि व्यक्तिगत श्रम, सात्विक जीवन र सदाचारपूण मार्ग अवलम्बन गर्न सकिन्छ भन्नु यस लेखको निष्कर्षहो । बुद्धले तत्कालीन समाजमा असल र न्यायी बनेर क्रान्ति ल्याएकाले उनी क्रान्तिकारी व्यक्तित्व थिए भन्नेअभिप्रायका साथ कुनै पनि राष्ट्र वा संस्थाका प्रमुख असल र न्यायी भए मात्र राष्ट्र वा संस्थाले राम्रो गतिलिन्छ भन्ने कुरा बुद्धको जीवनीसँग सम्बन्धित साहित्यले दर्शाउछ भन्नु यसको ध्येय हो । यसमा गुणात्मकअनुसन्धान विधि र व्याख्यात्मक एवं विश्लेषणात्मक ढाँचा अवलम्बन गरिएको छ l