प्रेतकल्प उपन्यासमा प्रयुक्त उखानको विश्लेषण {An Analysis of Proverbs Used in The Novel 'Pretakalpa'}

Authors

  • कमलादेवी Kamala Devi भण्डारी Bhandari कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा

DOI:

https://doi.org/10.3126/kj.v3i1.65912

Keywords:

आख्यान, आहान, उखान, प्रतिबिम्ब, व्यञ्जना/ व्यञ्जित, व्यभिचार, निरङ्कुश, मानवतावादी विचार

Abstract

यस लेखमा नारायण ढकालको 'प्रेतकल्प' उपन्यासमा प्रयुक्त उखानहरूको अध्ययन र विश्लेषण गरिएको  छ । उक्त उपन्यासमा के कस्ता र कति उखान छन्, भन्ने विषयलाई यस लेखमा अध्ययन गरी व्याख्या गरिएको छ । यस अध्ययनमा उक्त उखानका माध्यमद्वारा समाजमा चेतना जगाउने र नेपाली भाषाको मौलिकता झल्काउने कार्य भएको छ कि छैन भन्ने कुराको खोजी गरिएको छ । शोधार्थीहरूद्वारा उखानका सम्बन्धमा विश्वविद्यालयीय सोपाधिक अनुसन्धानहरू गरिएका छन् । साहित्यिक पत्रपत्रिका र पुस्तकमार्पmत उखान तथा 'प्रेतकल्प' उपन्यासका बारेमा पनि अध्ययन विश्लेषण भएका छन् । यस लेखमा भने 'प्रेतकल्प' उपन्यासमा प्रयुक्त उखानको मात्र अध्ययन गरिएको छ । यो गुणात्मक अनुसन्धानअन्तर्गतको अध्ययन भएकाले यसमा पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी वर्णनात्मक अनुसन्धान विधिअन्तर्गत व्याख्या-विश्लेषण गरिएको छ । यसमा उखान तथा 'प्रेतकल्प' उपन्यासको सामान्य परिचय दिएर उपन्यासमा प्रयुक्त उखानहरूको खोजी गरी तिनको स्रोत, अर्थ तथा उपन्यासको प्रसङ्गका आधारमा विश्लेषण गरिएको छ । उपन्यासमा वर्णित नेपाली समाजमा विद्यमान अशिक्षा, गरिबी, शोषण, जातिभेद, वर्गभेद, राजनीतिक तथा प्रशासनिक निरङ्कुशताको आलोचनात्मक चित्रणमा उखानले अझ स्पष्ट पारेको हुँदा यो नै प्रस्तुत उपन्यासमा उखान प्रयोगको प्राप्ति हो । अतः यस उपन्यासमा उखानहरूको प्रभावकारी प्रयोग गरी समाजिक चेतना जगाएइएको हुँदा यो उखान प्रयोगका दृष्टिले विशिष्ट स्तरको उपन्यास हो भन्ने यस लेखको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
88
PDF
35

Author Biography

कमलादेवी Kamala Devi भण्डारी Bhandari, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा

उप–प्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

भण्डारी Bhandari क. K. D. (2023). प्रेतकल्प उपन्यासमा प्रयुक्त उखानको विश्लेषण {An Analysis of Proverbs Used in The Novel ’Pretakalpa’} . Kanakai Journal, 3(1), 101–111. https://doi.org/10.3126/kj.v3i1.65912

Issue

Section

Articles