नेपाली उखानको पर्यावरणीय अध्ययन {Environmental Studies in the Nepali Proverbs}
DOI:
https://doi.org/10.3126/kdk.v3i1.52142Keywords:
जैविक विविधता, पृथ्वीकेन्द्रित, वातावरण, संरक्षण, स्वच्छन्दतावादAbstract
नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.