भागीरथी श्रेष्ठकृत दोस्रो बाटो कथामा नारीवादी दृष्टिकोण

Authors

  • Bishnu Prasad Acharya

DOI:

https://doi.org/10.3126/kanyaj.v5i1.71085

Keywords:

पितृसत्ता, नारीदमन, नारीशोषण, प्रतिरोधी चेतना, प्रतिनिधित्व

Abstract

प्रस्तुत लेख भागीरथी श्रेष्ठकृत ‘दोस्रो बाटो’ कथामा नारीवादी दृष्टिकोण शीर्षकमा आधारित रहेर तयार पारिएको छ । यस लेखमा ‘दोस्रो बाटो’ कथामा पितृसत्ताले नारीमाथि गरेको दमन र नारी विद्रोहको अवस्थालाई कसरी प्रस्तुत गरिएको छ भन्ने मूल समस्यामा केन्द्रित रही पुस्तकालयीय सामग्रीहरूको गहन अध्ययनपश्चात् पाठ विश्लेषण विधिलाई अवलम्बन गरी निष्कर्षमा पुगिएको छ । नारीवादले साहित्यभित्र चित्रित नारीवादी दृष्टिकोणलाई नारीदमन, नारीविद्रोहलगायत विभिन्न कोणबाट विश्लेषण गर्ने गरेको देखिन्छ । लेखमा नारीवादसम्बन्धी मान्यतालाई सैद्धान्तिक आधारका रूपमा लिई कथामा पितृसत्ता र महिलाका बिच भएको टकराव तथा नारी चेतनाको खोजी गरिएको छ । कथामा प्रकाश पितृसत्ताको र ‘म’ पात्र नारीको प्रतिनिधि बनेर आएका छन् जहाँ प्रकाशले ‘म’ पात्रमाथि दमन गरेको र ‘म’ पात्र त्यसको प्रतिकारमा सशक्त भएर उत्रेको विषयलाई प्रस्तुत गरिएको छ । पुरुषहरूले दमन गरिरहँदा महिलाहरू अब टुलुटुलु हेरेर मात्र बस्दैनन्, त्यसको प्रतिकार गर्न उनीहरू समर्थ भइसकेका छन् भन्ने तथ्यलाई कथामा ‘म’ पात्रका माध्यमबाट स्पष्ट पारिएको छ । यसर्थ नारीवादी दृष्टिकोणले प्रस्तुत कथा सबल र प्रभावशाली रहेको लेखमा निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
60
PDF
28

Downloads

Published

2024-10-25

How to Cite

Acharya, B. P. (2024). भागीरथी श्रेष्ठकृत दोस्रो बाटो कथामा नारीवादी दृष्टिकोण. Kanya Journal, 5(1), 100–111. https://doi.org/10.3126/kanyaj.v5i1.71085

Issue

Section

Research Article