पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य

Authors

  • Ganesh Sharma

DOI:

https://doi.org/10.3126/kanyaj.v5i1.71080

Keywords:

असुरक्षा, आतङ्क, निरङ्कुश, भ्रष्टाचार, विकृति, विसङ्गति

Abstract

प्रस्तुत लेख गजलकार लक्ष्मण थापाको पलापला गजलकृतिमा निहित राजनीतिक व्यङ्ग्यको विश्लेषणमा केन्द्रित रहेको छ । व्यङ्ग्यले कुनै पनि विषयमाथि देखिएका बेथिति र विसङ्गतिप्रति शिष्ट र मर्यादित ढङ्गले असहमति जनाई आक्रमण गर्दछ । राजनीति राज्यव्यवस्थाको एउटा महŒवपूर्ण अङ्ग मानिन्छ । गजलमा अभिव्यक्त व्यङ्ग्यका विभिन्न विषयक्षेत्रमध्येको एक शसक्त र प्रमुख विषय राजनीति हो । यही राजनीतिक क्षेत्रमा देखिएका विभिन्न खालका विकृति र विसङ्गतिको पहिचान गरी व्यङ्ग्यसँग सम्बन्धित पक्षको मात्र अध्ययन यस कार्यमा गरिएको छ । यस अध्ययनमा पलापला गजलकृतिभित्र राजनीतिक व्यङ्ग्यको प्रयोग विषयगत रूपमा केकस्तो ढङ्गले अभिव्यक्त भएको छ भन्ने समस्याको निरूपण गर्ने उद्देश्य रहेको छ । अध्ययनका लागि प्राथमिक र द्वितीयक सामग्रीको पठनपश्चात् पाठविश्लेषण विधिको उपयोग गरिएको छ । राजनीतिमा देखिएका हत्या, हिंसा, असुरक्षा र आतङ्क, नेतृत्वको विकृत चरित्र, राजनीतिप्रति जनताको निराशा, भ्रष्टाचार, गिर्दो स्वाभिमान, निरङ्कुशता तथा प्रजातान्त्रिक व्यवस्थामाथि गरिएका प्रहार राजनीतिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरिनु अध्ययनको निष्कर्ष रहेको छ । समाजका विभिन्न क्षेत्रमा देखिएका वेथिति, कुरीति, कुसंस्कार, विकृति तथा विसङ्गति व्यङ्ग्यका विषयका रूपमा आउन सक्ने भए पनि राजनीतिक क्षेत्रमा देखिएका व्यङ्ग्यका विषयको विश्लेषण गरिएकाले यो नै प्रस्तुत अध्ययनको प्राप्ति हो ।

Downloads

Download data is not yet available.
Abstract
42
PDF
21

Downloads

Published

2024-10-25

How to Cite

Sharma, G. (2024). पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य. Kanya Journal, 5(1), 71–79. https://doi.org/10.3126/kanyaj.v5i1.71080

Issue

Section

Research Article