'युद्धविराम जिन्दावाद’ कथामा : विश्वदृष्टि {Worldview in the story "Yuddha Biram Zindabad"}
DOI:
https://doi.org/10.3126/kaladarpan.v3i1.55211Keywords:
सामन्त, संरचना, वर्ग द्वन्द्व, समानधर्मिता, विश्वदृष्टिAbstract
प्रस्तुत लेख महेशविक्रम शाहको ‘युद्धविराम जिन्दावाद’ कथामा विश्वदृष्टिसँग सम्बन्धित छ । कथाको अध्ययनसँग सम्बन्धित छ । साहित्यको माक्र्सवादी चिन्तमा आधारित विभिन्न दृष्टिकोणहरूमध्ये फ्रान्सेली चिन्तक लुसिएँ गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त हो विश्वदृष्टि । यस सिद्धान्त अन्तर्ग साहित्यिक रचनाका विषयवस्तुलाई समाजका वास्तविकतासँग जोडेर हेर्ने गरिन्छ । यसलाई साहित्यको समालोचनाको नवीन र प्रचलित पद्धतिका रूपमा लिइन्छ । यस लेखमा गोल्डमानको विश्वदृष्टिसँग सम्बन्धित मान्यतामा केन्द्रित भई कृतिको अध्ययन तथा विश्लेषण गरिएको छ । गोल्डमानका विचारमा एउटा वर्ग वा समूहको जीवनजगत् बारेमा सुसङ्गत दृष्टि नै विश्वदृष्टि हो ।यसको विकास कुनै समूह वा वर्गले सामाजिक ऐतिहासिक प्रक्रियामा गर्छ । स्रष्टाका माध्यमबाट रचनामा सामाजिक विम्बप्रकट हुन्छ । कृतिको संसार र वाह्य संसारका घटनाक्रम समानता भई समान चेतनाको प्रवाह हुन्छ । यो नै संरचनाको समानधर्मिता हो र त्यसको जगमा निर्माण भएको सामूहिक विचार नै विश्वदृष्टि हो भन्ने मान्यता गोल्डमानको रहेकोछ । प्रस्तुत कथामा नेपालको राजनैतिक इतिहासमा दशवर्षे जनयुद्धका नामबाट परिचचालित द्वन्द्वकालीन समयको घातप्रतिघातलाई समेटिएको हुनाले यस लेखमा कथामाके कस्तो विश्वदृष्टि प्रस्तुत भएको छ र कथामा प्रस्तुत भएकोसामाजिक संरचना र नेपाली समाजको संरचनासँग के कति समानधर्मीता छ भनेर खोजी गरिएको छ । यसमा शीर्षकीय समस्याको समाधानसँग समबन्धित सम्पूर्ण सामग्रीहरू प्राथमिक र द्वितीयक श्रोतबाट सङ्कलन गरिएको छ । यसमा युद्धविराम जिन्दावाद कथालाई प्राथमिक श्रोत र विश्वदृष्टिसँग सम्बन्धित अन्य अध्ययन अनुसन्धान, समालोचना र सैद्धान्तिक सामग्रीलाई द्वितीयक सामग्रिको रुपमा उपयोग गरिएको छ । सामग्री सङ्कलनको मूख्य आधार पुस्तकालयलाई बनाइएकोछ । सङ्कलित सामग्रीहरुलाई विश्लेषण गर्ने आधारका रूपमा साहित्यका समाजशास्त्री लुसियाँ गोल्डमानको विश्वदृष्टिसम्बन्धी मान्यतालाई लिइएको छ । यही सैद्धान्तिक मान्यताका आधारमा प्रस्तुत कथामा विश्वदृष्टि र समानधर्मिताको गहन अध्ययन पठन तथा वस्तुगत विशलेषण गरी निष्कर्षक प्रस्तुत गरिएको छ । यसमा सन्दर्भसामग्रीको प्रयोगमा ए. पि.ए. पद्धतिको प्रयोग गरिएको छ ।