शम्भुप्रसाद ढुङ्ग्यालको ‘राधिके !’ गजलको अध्ययन {A Study of the Gajal 'Radhike!' by Shambhu Prasad Dhungyal}
DOI:
https://doi.org/10.3126/kaladarpan.v2i1.50862Keywords:
डस्न, जुलुम, राधिके, भक्ति, शृङ्गार, sting, devotion, Radhike, shambhu, terrific, entire propertyAbstract
प्रस्तुत लेख गजलका सैद्धान्तिक मान्यता र गजलकार शम्भुप्रसाद ढुङ्ग्यालका गजल लेखनका प्रवृत्तिहरू उल्लेख गर्दै उनको ‘राधिके !’ नामक गजलको विश्लेषण गरेर लेखिएको छ । ढुङ्ग्याल नेपाली साहित्यको माध्यमिक कालका मोतीराम भट्टपछिका तर सर्वश्रेष्ठ गजलकार हुन् । उनले शृङ्गारिक, आध्यात्मिक, नैतिक रऔपदेशिक, देशभक्ति तथा भगवद्भक्ति आदि विषयका गजल लेखेका छन् । ‘राधिके !’ मा पनि शृङ्गारिक रभगवद्भक्तिजस्ता दुई विषय वा प्रवृत्ति प्रस्तुत छन् । यसमा नायकसँग रिसाएर ऊ सँग अलग्गिन र प्रतिशोध लिन तत्पर नायिकासँगको वियोगबाट उत्पन्न पीडालाई मार्मिक रूपमा प्रकट गरिएको छ र शम्भुको भजनकीर्तन छाडी राधिकाका शरणमा/प्रेममा आएका भक्त वा कृष्णलाई पनि राधिकाले खुसीसाथ दर्शन दिई दुःखकष्ट हरणन गरिदिँदा भगवद्भक्तिप्रति आएको नैराश्य भाव पनि प्रकट भएको छ । यसरी प्रस्तुत गजल भक्तिभावभित्र शृङ्गारभावपनि प्रकट गरिएको र विप्रलम्भ शृङ्गारलाई परिपाकमा पुर्याइएको द्वयार्थक गजल हो ।
{This article is an analysis of 'Radhike !' on the basis of the principles of Gajal writing and Shambhu Prasad Dhyungyal's attitudes on his Gajal writing. Dhuyngyal is regarded as the best Gajal writer after Motiram Bhatta of Middle age/period of Nepali literature. He has written Gajal on various subjects such as erogenous, spiritual, moral, instructional, patriotic, divine and so on. 'Radhike !' is full of erogenous and divine subject matter. The Gajal is the portrayal of the agony of the hero who is being separated and taken revenge by the heroine. It is also the despondency as Radhika did not reveal to Krishna when he ran away from Shambhu to Radhika for his protection and happiness.}