अवाक कथामा उपमा अलङ्कार
DOI:
https://doi.org/10.3126/jobs.v2i1.62237Keywords:
लुप्तोपमा, मालोपमा, अवाक, अलङ्कार, Alankar, Malopma, Luptopma, AwakAbstract
अवाक कथामा उपमा अलङ्कार शीर्षकको यस लेखमा विश्लेषणका लागि रेणुका जि सी (२०४६) द्वारा लिखित कथासङ्ग्रह सनेस (२०७९) मा सङ्गृहीत ‘अवाक’ शीर्षकको कथा चयन गरिएको छ । यस कथामा उपमा अलङ्कारको धेरै प्रयोग गरिएको तर यसलाई आधार बनाएर यसअघि अध्ययन नगरिएको साथै उपमा अलङ्कारका आधारमा विश्लेषण गर्न उपयुक्त देखिएकाले प्रस्तुत शीर्षक चयन गरिएको हो । अवाक कथामा केकति प्रकारका उपमा अलङ्कारको प्रयोग भएको छ र प्रयुक्त अलङ्कारले कथालाई कसरी रोचक बनाएका छन् भन्ने मुख्य समस्या र यसको प्राज्ञिक समाधान खोज्ने उद्देश्यमा आधारित यस अध्ययनमा अलङ्कारको सैद्धान्तिक अवधारणा स्पष्ट पार्नका लागि द्वितीयक स्रोतको उपयोग गरिएको छ भने प्राथमिक स्रोतका रूपमा अवाक कथालाई लिइएको छ । यसरी विश्लेषणका लागि उपमा अलङ्कारलाई सैद्धान्तिक आधार बनाइएको छ र व्याख्यात्मक एवं विश्लेषणात्मक विधिका माध्यमले कथाको अध्ययन गरिएको छ । संस्कृतसाहित्यका मुख्य सिद्धान्तअन्तर्गत रस, ध्वनि, अलङ्कार, वक्रोक्ति आदि पर्दछन् । यसरी अलङ्कार पनि स्थापित मुख्य सिद्धान्तभित्रै पर्दछ र यसका धेरै प्रकारमध्ये उपमा पनि एक मुख्य अलङ्कार हो । यसका पूर्णोपमा, लुप्तोपमा, उपमेयोपमा आदि पाँच प्रकार छन् । तिनमध्ये विवेच्य कथाभित्र पूर्णोपमा, मालोपमा र लुप्तोपमा गरी तीन प्रकारका उपमाको प्रयोग भएको पाइएको कुरा जनाइएको छ र तिनमा प्रयुक्त उपमान मौलिक हुनाका साथै उपमा अलङ्कारका प्रयोगले कथा सुन्दर र रोचक बनेको जनाइएको छ । समग्रमा प्रस्तुत कथा उपमा अलङ्कारको प्रयोगका दृष्टिले स्तरीय र प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial-ShareAlike 4.0 International License.
This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator. If you remix, adapt, or build upon the material, you must license the modified material under identical terms.