तामाङ समुदायमा ‘ज्हो’ प्रणाली : महिलाहरूको अधिकार र सांस्कृतिक संरचना

Authors

  • Seteman Tamang

DOI:

https://doi.org/10.3126/jnamc.v5i1.76845

Keywords:

‘ज्हो’ प्रणाली,, सशक्तीकरण, स्वतन्त्रता, पहिचान, चुनौतीहरू, आत्मनिर्भरता

Abstract

तामाङ समुदायमा प्रचलित ‘ज्हो’ प्रणाली महिलाहरूको अधिकार र सांस्कृतिक मूल्यमान्यताहरूसँग सम्बन्धित छ । ‘ज्हो’ प्रणाली महिलाहरूको सम्पत्ति र अधिकारसँग सम्बन्धित छ र यसले समुदायको सांस्कृतिक र सामाजिक संरचनामा महत्वपूर्ण भूमिका खेल्दछ । तामाङ समुदायमा ‘ज्हो’ प्रणाली केवल सम्पत्ति वितरणको एक माध्यम मात्रै होइन । यसले महिलाको सामाजिक, आर्थिक र सांस्कृतिक स्थिति मजबुत पार्नमा महत्वपूर्ण भूमिका खेल्दछ । ‘ज्हो’ प्रणालीले महिलाहरूलाई स्वआर्जन गर्न र आत्मनिर्भर बन्नका लागि आवश्यक आधार प्रदान गर्दछ, जसले तिनीहरूको अधिकार र स्वतन्त्रता सुनिश्चित गर्दछ । ‘ज्हो’ भन्नाले त्यस्ता सम्पत्ति र दानहरूलाई बुझिन्छ जुन छोरीलाई साना उमेरदेखि आमाबाबाले दिन्छन् । यसले उनलाई भविष्यमा आत्मनिर्भर बन्नका लागि आधार प्रदान गर्दछ । तामाङ समुदायमा ‘ज्हो’ सँगै छोरीको भविष्यको आर्थिक सुरक्षा र आत्मनिर्भरता सुनिश्चित गर्ने धारणा पनि विद्यमान छ । ‘ज्हो’ प्रणालीले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ र तिनीहरूको सामाजिक स्थिति सुधार्न मद्दत गर्दछ । अविवाहित महिलाहरूले पनि ‘ज्हो’ प्रणालीमा महत्वपूर्ण स्थान पाउँछन् । यसले तिनीहरूको भविष्यको सुरक्षा र स्वाधीनता सुनिश्चित गर्दछ । ‘ज्हो’ एक प्रतीकको रूपमा कार्य गर्दछ । यो प्रणालीले तामाङ महिलाहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणमा योगदान पुर्याउँछ । ‘ज्हो’ प्रणालीले तामाङ समाजमा महिलामाथिको भेदभाव र विभेदलाई हटाउनमा ठुुलो भूमिका खेल्छ । यसले महिलालाई आर्थिक र सामाजिक रूपमा बलियो बनाउन सहयोग पुयाउँछ । महिलाहरूले आफूलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक सिप, कला र ज्ञान प्राप्त गर्छन् । यो परम्परा समाजमा लैङ्गिक समानता र अधिकारको अवधारणा फैलाउन मद्दत पुर्याउँछ । यसैले, ‘ज्हो’ प्रणाली एक प्रकारको सामाजिक संरचना हो जसले आर्थिक स्थायित्व र सामाजिक एकतालाई झल्काउँछ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
9

Downloads

Published

2024-12-31

How to Cite

Tamang, S. (2024). तामाङ समुदायमा ‘ज्हो’ प्रणाली : महिलाहरूको अधिकार र सांस्कृतिक संरचना . The Journal of Nuwakot Adarsha Multiple Campus , 5(1), 72–83. https://doi.org/10.3126/jnamc.v5i1.76845

Issue

Section

Articles