नेपालमा सङ्घीयता र स्थानीय सरकार: संवैधानिक तथा कानुनी व्यवस्थाहरू
DOI:
https://doi.org/10.3126/jnamc.v5i1.76844Keywords:
सङ्घीयता, स्थानीय सरकार, अधिकार बाँडफाँड, सहयोगात्मक सङ्घीयताAbstract
नेपालको संविधानले नेपाललाई सङ्घीय राज्यको रूपमा रूपान्तरण गरी ७ प्रदेशमा विभाजन गरेको छ । संविधानको प्रस्तावना, भावना र व्यवस्थाअन्तर्गत सङ्घीय कानुुनबमोजिम नेपालमा ७५३ वटा स्थानीय तह कायम गरी राज्यशक्ति र अधिकारको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट प्रयोग हुने व्यवस्था मिलाइएको छ । संविधान र सङ्घीय कानुनबमोजिम तीनै तहका सरकारले कार्यपालिकीय, व्यवस्थापकीय र न्यायिक अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको भए तापनि नेपालका सन्दर्भमा न्यायपालिकासम्बन्धी कार्यहरू एकीकृत प्रकृतिको रहेको देखिन्छ । सङ्घीयतालाई सफलतापूर्वक कार्यान्वयन गर्नका लागि संविधान एवं कानुनमा व्यवस्था भएर मात्र हुँदैन, त्यसका लागि संवैधानिक एवं कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने उच्च इच्छाशक्ति, स्रोत साधनको समुचित वितरण र परिचालन, दक्ष कर्मचारी तथा स्वच्छ एवं प्रतिबद्ध जनप्रतिनिधि हुन जरुरी छ । यसका लागि तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्नु नै सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दिशामा अघि बढ्नु हो ।