‘मखमली दरबार’ गीतसङ्ग्रहमा लक्षणाको प्रयोग
DOI:
https://doi.org/10.3126/jnamc.v5i1.76780Keywords:
उपादान, प्रयोवनवती, गौणी, सारोपा, साध्यवसाना, अन्तरा, लक्षणाAbstract
प्रस्तुत लेख ‘मखमली दरबार’ गीतसङ्ग्रहमा लक्षणा शब्दशक्तिको प्रयोग के कसरी भएको छ भन्ने मुख्य विषयसँग सम्बन्धित रहेको छ । लक्षणाको प्रयोगका दृष्टिले यस सङ्ग्रहका गीतहरू कति सफल छन् र कसरी ती गीतहरूमा लक्षणाको प्रयोगलाई महत्व दिइएको छ भन्ने मुख्य समस्यासँग सम्बन्धित भएर यो लेख तयार पारिएको छ । यसको सैद्धान्तिक आधारका लागि पूर्वीय काव्यशास्त्रीहरूले स्थापित गरेका शब्दशक्तिको दोस्रो प्रकार लक्षणाबारेको विवेचनालाई उपयोग गरिएको छ । खासगरी ध्वन्यालोककार आनन्दवर्धन, काव्यप्रकाशकार मम्मट र साहित्यदर्पणकार विश्वनाथका मान्यताहरूलाई यहाँ सैद्धान्तिक आधारका रूपमा लिइएको छ । गीतहरूको छनोटका लागि नमुना छनोट विधिको प्रयोग गरिएको छ । सामग्री सङ्कलनमा पुस्तकालय विधिलाई उपयोग गरिएको छ अनि सामग्रीको विश्लेषणका लागि व्याख्यात्मक/विश्लेषणात्मक विधिलाई आत्मसात् गरिएको छ । अज्ञातका गीतहरूमा लक्षणाको प्रयोगलाई निकै महत्वका साथ प्रयोग गरिएको छ । गीतमा व्यञ्जनाको प्रयोग त्यति उपयुक्त नहुने र अभिधाको प्रयोग पनि त्यति प्रभावकारी नहुने सन्दर्भमा लक्षणाको प्रयोग सर्वाधिक उपयुक्त हुने कुरा स्वाभाविक छ । अज्ञातले आफ्ना गीतमा रूढि, प्रयोजनवती, शुद्धा, गौणी, उपादान, लक्षण, सारोपा, साध्यवसानाजस्ता लक्षणाको प्रयोग यथेष्ट रूपमा गरेका छन् । उनका गीतमा लक्षणापञ्चकको प्रयोग निकै सघनताका साथ भएको छ ।