दिनेश अधिकारीका गीतमा वर्गीय उत्पीडन
DOI:
https://doi.org/10.3126/jnamc.v5i1.76778Keywords:
पुँजीवाद, मुक्ति, वर्ग, श्रमजीवी, सामन्ती, सीमान्तीयAbstract
प्रस्तुत शोधपरक लेख गीतकार दिनेश अधिकारीका गीतमा प्रकट भएका वर्गीय उत्पीडनको खोजी र विश्लेषणमा केन्द्रित रही पूरा गरिएको छ । वर्गीय उत्पीडन भन्नाले समाजमा सामन्ती सत्ताले श्रमजीवी वर्गमाथि हैकम चलाई तिनलाई आर्थिक अवसरबाट बन्चित गराई सम्पूर्ण रूपमा कमजोर बनाउने र तिनका श्रमबाट धन थुपारी आफू विलासी जीवन बिताई तिनै कमजोरमाथि शासन गर्ने प्रवृत्तिबाट सिर्जित विभेद र दमनको स्थितिलाई बुझाउँछ । नेपालमा यस्ता विभेदका विरुद्धमा गीत रचना गरी गाइने पुरानो प्रचलन रहेको छ । दिनेश अधिकारीका गीतको पाठपरक अध्ययन गरी सोद्देश्य चयन गरिएका दश वटा गीतहरूलाई वर्गीयताको सैद्धान्तिक मान्यतामा आधारित भई विश्लेषण गर्दा यी गीतहरूमा निम्नवर्गीय श्रमजीवीमाथि भएको शोषण, दमन र तिनमाथि लादिएको दासत्वसहितको उत्पीडनको स्थिति पाइएको छ । तिनको विश्लेषणबाट मुक्तिका निम्ति गरिएको प्रतिरोधी चेतनाका हिसाबले दिनेश अधिकारीका गीतहरू सशक्त रहेको निष्कर्ष प्राप्त भएको छ ।