नेपाली भाषाको भूगोल र मानकीकरणको सवाल
DOI:
https://doi.org/10.3126/jnamc.v5i1.76776Keywords:
भाषा, भाषिका, भाषाशिक्षण, भाषाप्रविधिAbstract
भाषाका वक्ताहरू भौगोलिक रूपमा विभिन्न ठाउँमा फैलिएका हुन्छन् । त्यसैले प्रत्येक भाषाको एउटा निश्चित भूगोल हुने गर्दछ । विविध भूगोलमा रहेका एउटै भाषाका मानकीकरणको अभ्यास गरिन्छ त्यसैले यो एक जटिल कार्य हो । प्रस्तुत लेख दुई मुख्य विषयवस्तुमाथि केन्द्रित छ । पहिलो भूगोलले भाषाका लवजहरूलाई कसरी टुक््रयाएको छ ? दोस्रो के कारणले भाषा मानक बन्ने प्रक्रिया तय गर्छ ? यस लेखमा भाषाको मानकीकरणसँग सम्बद्ध सामग्री प्राथमिक र द्वितीय दुवै स्रोतहरूबाट सङ्कलन गरिएको छ । अनुसन्धानका लागि मुख्य रूपमा निगमन विधि प्रयोग गरिएको छ । प्रस्तुत लेखको मूल उद्देश्य नेपाली भाषाको मानकीकरणमा ढिलाइ गर्न नहुने र सबै भाषाहरू तथा भाषिकाहरूलाई समान सम्मान गर्नुपर्ने हो । यद्यपि, यो विषय तर्क र बहसका लागि खुला विषय हुन् । यस लेखको प्रारम्भ केही सैद्धान्तिक पक्षबाट गरिएको छ तर यसको निष्कर्ष प्रायोगिक दृष्टिकोणबाट निकाल्नुपर्ने आग्रह गरिएको छ । नेपाली भाषाको मानकीकरणको लामो अभ्यास भए पनि यो प्रक्रिया अझै विवादमा अल्झिएको देखिन्छ । लेखको ठुलो भाग व्याकरणका विवादहरूमा केन्द्रित छ । यस लेखको निष्कर्षले के स्पष्ट पार्छ भने संसारको जुनसुकै कुनामा नेपाली भाषा बोले पनि यो एउटै भाषा हो । यसको संरचना, लयमा क्षेत्रीय विविधता पाइन्छ जुन सबै जीवित भाषाको विशेषता हो । तथापि यस लेखमा नेपाली भाषाको भौगोलिक विविधताले केही समस्या सिर्जना गरेको उल्लेख गर्दै यसको समाधान गर्न आवश्यक छ भन्ने निष्कर्ष निकालिएको छ ।