जुरेली गान कवितामा शब्दालङ्कार

Authors

  • Anil Adhikari महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
  • Rekha Regmi नेपाली विभाग, म्याग्दी बहुमुखी क्याम्पस, बेनी

DOI:

https://doi.org/10.3126/jnamc.v5i1.76769

Keywords:

पुनरुक्तवदाभास, श्लेष, यमक, अलङ्कार

Abstract

प्रस्तुत लेख जुरेली गान कवितामा शब्दालङ्कारको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार गरिने यस लेखको शोधक्षेत्र जुरेली गान कविता हो । संस्कृत काव्यचिन्तनमा अलङ्कार सिद्धान्तअन्तर्गत शब्दालङ्कार यस लेखको सैद्धान्तिक आधार हो । संस्कृत काव्यचिन्तनमा शब्दालङ्कारका अनुप्रास, यमक, श्लेष, पुनरुक्तवदाभास र वक्रोक्ति भेद निर्धारण भएका छन् । यस लेखमा शब्दालङ्कारअन्तर्गत यमक, श्लेष र पुनरुक्तवदाभासका कोणबाट जुरेली गान कविताको विश्लेषण भएको छ । प्रस्तुत कवितामा यमकालङ्कारको चमत्कृतिपूर्ण प्रस्तुति भएको छ । एकैश्लोकमा सन्दष्ट, समुद्गक र आम्रेडित यमकालङ्कारको प्रयोग भएको यस कवितामा अनेकार्थी शब्दको चमत्कारपूर्ण अभिव्यक्तिका माध्यमबाट काव्यिक सौन्दर्यको अभिव्यञ्जना भएको छ । यस कवितामा एउटै शब्दमा सन्निहित अर्थ तथा त्यससँग सम्बन्धित अनेक साम्यवैषम्य अर्थको प्रस्तुति भई पुनरुक्तवदाभास प्रतिपाद्य भएको छ । कवितालाई श्रुतिसुखद, आलङ्कारिक र आह्लादकारी तुल्याउन यमक, श्लेष र पुनरुक्तवदाभासको भूमिका सार्थक र कृतिगत सौन्दर्य निर्माणका लागि महŒवपूर्ण रहेको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
PDF
23

Author Biographies

Anil Adhikari, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

उपप्राध्यापक, नेपाली विभाग

Rekha Regmi, नेपाली विभाग, म्याग्दी बहुमुखी क्याम्पस, बेनी

उपप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

Adhikari, A., & Regmi, R. (2024). जुरेली गान कवितामा शब्दालङ्कार. The Journal of Nuwakot Adarsha Multiple Campus , 5(1), 5–16. https://doi.org/10.3126/jnamc.v5i1.76769

Issue

Section

Articles