‘मनुमञ्जरी’ खण्डकाव्यको विधातात्ताविक विश्लेषण {Literary Analysis of 'Manumanjari' Short Poem}
DOI:
https://doi.org/10.3126/jj.v2i1.68332Keywords:
आख्याननिरपेक्ष, कथानक, पात्रविधान, बिम्ब प्रतीक विधान, भाषाशैली, लयविधानAbstract
प्रस्तुत लेखमा खण्डकाव्यकार कुमार दाहाल कुसुमद्वारा रचना गरिएको ‘मनुमञ्जरी’ खण्डकाव्यको विधाताङ्खिवक विश्लेषण गरिएको छ । यस खण्डकाव्यलाई तङ्खवगत आधारमा विश्लेषण गर्नु नै यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । यहाँ खण्डकाव्यका तङ्खव (कथानक, पात्र, परिवेश, केन्द्रीय कथ्य, संरचना र लयविधान, बिम्ब, प्रतीक र अलङ्करण प्रविधि, कथन पद्धति र भाषाशैली तथा शीर्षकीकरण) लाई मनुमञ्जरी खण्डकाव्यको विश्लेषणको मुख्य सैद्धान्तिक आधार बनाइएको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको उपयोग गरी निष्कर्ष निकालिएको छ । यसर्थ यो अध्ययन निगमनात्मक ढाँचामा आधारित सैद्धान्तिक प्रकृतिको अध्ययन हो । जीवनभोगाइका क्रममा मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण, मान्छेले गर्ने व्यवहार, मान्छेको स्वभाव र प्रकृति, मानवीय भावना तथा चिन्तनलाई प्रकृतिको बिम्बका माध्यमबाट केलाइएको सन्दर्भलाई यस अध्ययनमा खोजिएको छ । प्रकृति र मानव स्वभावको चर्चाका आधारमा यो लोकप्रेरित आख्याननिरपेक्ष प्रकृतिप्रेमी आदर्शवादले ओतप्रोत खण्डकाव्य हो । वस्तुस्रोत र विषय चर्चाका आधारमा ‘मनुमञ्जरी’ खण्डकाव्य प्राकृतिक पात्रलाई मानवीकरण गरिएको एक सन्देशप्रदायक खण्डकाव्य हो भन्ने निष्कर्ष निकालिएको छ ।