नेपालको प्रजातान्त्रिक आन्दोलनः एक विश्लेषण
DOI:
https://doi.org/10.3126/jis.v11i1.59023Keywords:
संविधान, सशस्त्र संघर्ष, लोकतन्त्र, प्रजातन्त्र, प्रजातान्त्रिक आन्दोलनAbstract
संसारका प्रजातान्त्रिक आन्दोलनको परिप्रेक्ष्यमा नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास त्यति लामो पाइँदैन । वास्तवमा नेपालको प्रजातान्त्रिक आन्दोलनको शुरुवात एउटा परिवारको मनपरितन्त्र र जनतापक्षले चाहेको निर्णायक भूमिका बिचको संघर्षबाट भएको पाइन्छ । कालान्तरमा मूल्य, मान्यता, आदर्श एवम् सैद्धान्तिक दृष्टिकोण समेत समाहित भई यसले विशिष्टता प्राप्त गर्यो । तसर्थ नेपालको प्रजातान्त्रिक आन्दोलनको विजारोपण राणा शासनको उत्तराद्र्धमा राणा विरोधी आन्दोलनको रुपमा शुरुवात भई यसले विभिन्न कालखण्डमा विभिन्न स्वरुप परिवर्तन गर्दै अन्ततः लोकतान्त्रिक गणतन्त्र प्राप्तिको उद्देश्यमा गई टुङ्गिएको छ । पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा सामान्य जनताको सहयोगको महत्वलाई राम्ररी बुझेका थिए । तसर्थ पृथ्वीनारायण शाहको अभियान सामान्य जनताको सहयोग, सहभागिता र समर्थनमा आधारित थियो । जसले स्थायित्वको प्रत्याभूति गरायो । तर उनी पछिका शासकहरुले जनचाहना, लोकसम्मति र जनताको उपेक्षा गर्दा नेपालको राजनीति प्रतिशोध, बदलाको भावना, षडयन्त्र, भ्रष्टाचार र अव्यवस्थाको केन्द्र बन्न पुग्यो । लोकसम्मति र जनचाहना अनुसार संचालन हुने शासनव्यवस्था एकतन्त्रिय, गुटगत, स्वार्थबाट प्रेरित हुन थाल्यो फलस्वरुप जनताले आफ्नो हक स्थापनार्थ कालक्रम अनुसार हतियार बन्द तथा हतियार विहिन आन्दोलनको थालनी गर्नुपर्यो । चन्द्र शमशेरको शासनकालबाट शुरु भएको प्रजातान्त्रिक आन्दोलन वि.सं. २०६२।६३को लोकतान्त्रिक– गणतन्त्र स्थापनाको अवस्थामा आई स्थिर बनेको छ । जसलाई राजनैतिक विश्लेषकहरु प्रजातान्त्रिक आन्दोलनको समापन विन्दुको रुपमा परिभाषित गर्ने गर्दछन् । वास्तवमा आन्दोलन स्थायी प्रकृतिको नभई गतिशिल स्वरुपको हुने र समाजका कतिपय अनुत्तरित सवालको हल प्राप्त नभइ सकेकोले आन्दोलनको सम्भाव्यता अन्त्यको विश्लेषण भने गर्न सकिँदैन ।