सांस्कृतिक पर्यटनको विकासमा सङ्गीतकलाको भुमिका: नेपालको सन्दर्भमा

Authors

  • खरेल, कृष्णकुमार TU

DOI:

https://doi.org/10.3126/jfac.v6i1.76091

Keywords:

सङ्गीत, संस्कृति, सांस्कृतिक पर्यटन, Music, Culture, Cultural Tourism

Abstract

संस्कृति र परम्पराको निरन्तरताका लागी सङ्गीतले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । संस्कृतिलाई अझ समृद्ध तुल्याउन मौलिक तथा परम्परागत कलाहरुका साथमा सङ्गीतको समन्वयबाट टेवा पुग्दछ । नेपाली संस्कृति समृद्ध भएका कारण यस राष्ट्रमा सांस्कृतिक पर्यटनको विकासमा प्रशस्त सम्भावनाहरू रहेका छन् । नेपाली सांस्कृतिक कलाहरुको मौलिकतामा आँच नआउने गरी व्यवस्थित तवरबाट व्यावसायिकतामा ढाल्न सकेको खण्डमा नेपाललाई सांस्कृतिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिन्छ । यस प्रकार सांस्कृतिक पर्यटनको प्रवर्धनबाट विश्व पर्यटनका क्षेत्रमा आकर्षक पर्यटकीय वस्तुहरुको निर्माण गर्न सकिन्छ । सांस्कृतिक पर्यटनलाई दिर्घकालिन उद्योगको रुपमा अंगालेको खण्डमा नेपालको पर्यटन क्षेत्रको विकासका साथै सांस्कृतिक निरन्तरता, सामाजिक एकता र कृषि क्षेत्रको दिर्घकालिन विकासका लागी पनि महत्वपूर्ण सावित हुन सक्छ भन्ने प्राक्कल्पनाका आधारमा यो लेख तयार पारिएको छ । सांस्कृतिक कलाहरुको साथमा सङ्गीतको समन्वयबाट उत्पन्न हुने प्रभावबाट पर्यटकीय तत्वहरुको निमार्ण गरी कसरी धेरैभन्दा धेरै पर्यटकहरुलाई आर्कषित गर्न सकिन्छ ? साँस्कृतिक पर्यटनको विकासबाट सङ्गीत तथा अन्य सांस्कृतिक कलाहरुको निरन्तरता र विकासमा कसरी, कस्तो योगदान पुग्छ ? यसबाट देशको आर्थिक सांंस्कृतिक तथा सामाजिक क्षेत्रमा कस्तो प्रभाव पर्छ आदिको अनुसन्धान नै यस लेखको मुख्य उद्देश्य रहेको छ । लेखमा सङ्गीत, संस्कृति र पर्यटनको अन्तर्सम्बन्धलाई विश्लेषण गरी सांस्कृतिक पर्यटनको सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको छ । द्वितीयक श्रोत एवम् स्थलगत अध्यनको आधारमा विश्लेषणात्मक विधिमा प्रस्तुत लेख तयार पारिएको छ ।

Music has an important role to play in the continuity of culture and tradition. Considering culture as the main basis, musical art along with coordination of other arts can play an important role in promoting cultural tourism in Nepal. Without losing originality, cultural arts can be arranged; scientifically and commercially can be developed as a cultural center. In this way, tourism can be developed on th ebasis of music. This article has been prepared on the basis of the fact that tourism as a long-term industry is important for the development of Nepal's music. How can music be effectively used in coordination with other cultural arts and more tourists can be attracted by creating attractive, art-like tourist objects? What contribution will music make to the development of tourism, mainly by ensuring the continuity and development of music and other cultural arts? The main objective of this article is to research what effect of music has on the economic, cultural and social sectors of the country. For this purpose, an attempt has been made to highlight the potential of cultural tourism by analyzing the interrelationship between music, culture and tourism. This article has been prepared analytically based on the study of the history of the tourism sector, the culture of countries with advanced development, the culture of inherent art, commercial use and policies made for it, various books and research articles written related to tourism, as well as on-site study of the related area of ​​Nepal.

Downloads

Download data is not yet available.
Abstract
16
PDF
14

Downloads

Published

2024-12-31

How to Cite

खरेल, कृष्णकुमार. (2024). सांस्कृतिक पर्यटनको विकासमा सङ्गीतकलाको भुमिका: नेपालको सन्दर्भमा. Journal of Fine Arts Campus, 6(1), 59–67. https://doi.org/10.3126/jfac.v6i1.76091

Issue

Section

Research Articles