नेपालमा तबला वादनको विकासमा भएका कार्यहरू
DOI:
https://doi.org/10.3126/jfac.v6i1.76086Keywords:
नेपाल, तबलावादन, सरकारीसँस्था, योगदान, Nepal, Tabla playing, ContributionsAbstract
तबलावादनको सुरुवात खयालगायन शैलीसँग सङ्गत वाद्यका रुपमा भएको मानिएको छ । खयालगायन शैलीमा सङ्गत वाद्यका रुपमा वादनको सुरुवात गरिएको तबलावाद्य वर्तमान समयमा गायनका अन्य शैलीहरूकासाथै तन्त्री, शुषिर आदि वाद्ययन्त्रहरू एवम् कत्थकनृत्यमा सङ्गत वाद्यका रुपमा प्रयोग हुने गर्दछ । वर्तमान समयमा प्रचलनमा रहेका गायन, वादन तथा नृत्य विधामा सङ्गत वाद्यका रुपमा प्रयोग हुने तबलावादनको प्रारम्भ उस्ताद सिद्धार खाँद्वारा भएको तथ्यमा मतैक्यता रहेको छ । तबलावादन प्रारम्भकर्ताको विषयमा एकमत रहेतापनि तबला आविष्कर्ताका बारेमा हालसम्म मतैक्यता प्राप्त गर्न सकिएको छैन । नेपालमा प्रकाशित सङ्गीतका विभिन्न पुस्तक एवम् अनुसन्धानबाट नेपालएकीकरण पूर्व नै गोरखा दरवारमा भारतबाट खयालगायक, सितारवादक एवम् कत्थकनृत्य आदि विधाका कलाकारहरू आउने प्रचलन रहेको तथ्य प्राप्त भएबाट ति कलाकारहरूका साथमा तबलावादक पनि पक्कै आएका थिए भन्ने अनुमान लगाउन सकिन्छ । प्रस्तुत आलेखमा नेपालमा लामो समयबाट वादन हुँदै आइरहेको तबला विषयमा हालसम्म विशेष गरेर काठमाडौँ उपत्यकामा भएका प्रशिक्षण, प्रचारप्रसार, प्रतियोगिता, रोजगारी, मानसम्मान÷पुरष्कार, प्रकाशन, सम्मेलन आदिका बारेमा चर्चा गरिएको छ । आलेखको अध्ययन पश्चात् नेपालमा तबलावादन विषयसँग सम्बन्धित समुदाय, प्रशिक्षक एवम् विद्यार्थीहरूलाई तबलावादनको विकासमा सरकारी संस्थाहरूबाट भएका अनेक कार्यका बारेमा जानकारी प्राप्त हुनेछ । गुणात्मक विधिमा रहेको प्रस्तुत आलेख तयार गर्नका लागि प्रमुखतः द्वितीयक श्रोतको उपयोग गरिनुका साथै लेखकको अनुभव पनि यथायोग्य प्रयोग गरिएको छ ।
Tabala playing is considered to have started as an instrument to accompany Khayal singing style. Tabala, which was started as an accompaniment instrument in Khayal singing style, is currently used along with other styles of singing, instruments like Tantri, Shushir etc. and as an accompaniment instrument in Kathak dance. There is a consensus on the fact that Tabla Vadya, which is used as an accompaniment instrument to the singing, playing and dancing styles prevalent at present, was started by Ustad Siddhar Khan. While there is unanimity regarding the originator of tabla playing, no unanimity has been achieved so far regarding the inventor of Tabala. According to the various books and research on music published in Nepal, before the unification of Nepal, there was a trend of artists from genres like, Khayal singing, Sitar and Kathak dance etc, in Gorkha Durbar. It can be inferred that along with these artists, percussionists also came. In this article, the subject of Tabala playing in Nepal has been discussed, especially the training, promotion, competition, employment, honors/awards, publications, conferences etc. held in Nepal. After studying the article, researchers will get information about the works done by the government institutions for the development of Tabala in Nepal To prepare the present article, in qualitative method, mainly secondary sources as well as the experience of the author have been used appropriately.