मेलवादेवी र उनको गायकीमा श्रृङ्गार रस

Authors

  • Ramesh Pokharel TU

DOI:

https://doi.org/10.3126/jfac.v6i1.76083

Keywords:

गायकी, शास्त्रीय तथा उपशास्त्रीय, संयोग र वियोग श्रृङ्गार, स्थायी भाव, रस, Singing, Classical ad semiclassical, Rasa, Emotion

Abstract

नेपाली सङ्गीत इतिहासकै पहिलो महिला गायक तथा सङ्गीतकार मेलवादेवी चिरपरिचित नाम हो । विशेषगरि शास्त्रीय तथा उपशास्त्रीय सङ्गीतमा दख्खल राखी आधुनिक गायन गर्ने त्यो स्तरको महिला गायिका नेपाली समाजमा अझसम्म नगन्य मात्रामा देखिन्छन् । खनकदार आवाज, दानेदार तयारी गला, ओजपुर्ण र मर्मश्पर्शी गायकी र गायनमा विविधता तथा सिर्जनशिलता उनको गायकीको खासियत हो । प्रस्तुत आलेखमा मेलवादेवी को हुन? उनी कस्को पे्ररणाले उपशास्त्रीय विधाको गायकीमा लागिन् ? उनको गायकी र उनले गाएका गीतमा श्रृङ्गार रसको प्राधान्यता के कस्तो छ? नेपाली समाजमा त्यो किसिमको गायकीको निरन्तरता के कस्तो रुपमा देखिन्छ ? आदि कुराको विश्लेषण प्रस्तुत आलेखमा गरिएको छ । यस आलेखको अध्ययनले समुल रुपमा मेलवादेवीको परिचय, उनको साङ्गीतिक स्तर र तालीम, तत्कालीन सामाजिक परिवेश र उनको साङ्गीतिक यात्राका साथसाथै मुख्यतया उनको श्रृङ्गार रस प्रधान गायकीको बारेमा सङ्गीत क्षेत्रका जो कोहीले पनि आफ्ना अग्रज सङ्गीतज्ञ बारे विश्लेषणयुक्त जानकारी पाउनेछन् । प्राथमिक साथसाथ सहायक स्रोत दुवै प्रयोग गरि उनको समग्र पाटोलाई वर्तमान र भावी पिँढीले पढ्न, सुन्न र बुमm्न सकुन् भन्ने आशयबाट समग्र आलेख तयार गरिएको छ ।

The first female singer and composer in Nepali music history, Melavadevi, is a well-known name. Female singers at the level of modern singing, especially in classical and sub-classical music, are seen in very less numbers in the Nepali society. A tinkling voice, a well prepared throat, dynamic and heart-touching singing, variety in singing styles and creativity are the specialties of her singing. In this article who was Melvadevi? Who inspired her in the semi-classical genre? What is the importance of her singing? How is continuation of that kind of singing seen as a in Nepali society? Analysis of such things has been done in the presented article. By studying this article, those who are in the music field will get complete information to Melvadevi, her singing style and training, the then social environment and her musical journey. By using both primary as well as secondary sources, this comprehensive article has been prepared with the intention of making the current and future generations able to study.

 

Downloads

Download data is not yet available.
Abstract
18
PDF
10

Downloads

Published

2024-12-31

How to Cite

Pokharel, R. (2024). मेलवादेवी र उनको गायकीमा श्रृङ्गार रस. Journal of Fine Arts Campus, 6(1), 7–12. https://doi.org/10.3126/jfac.v6i1.76083

Issue

Section

Research Articles