सङ्गीतमा नादानुसन्धान
DOI:
https://doi.org/10.3126/jfac.v4i1.51760Keywords:
उपाय स्वरूप नाद, उपेय स्वरूप नाद, नाद, प्रणवAbstract
नादलाई साक्षात् ब्रह्मस्वरूप मानेको हुनाले सम्पूर्ण जगत नै नादको अधीनमा रहेको मानिन्छ । यहि नादको साधना वा माध्यमले ब्रह्म प्राप्ति अथवा अभिष्ट लक्ष्यको साक्षात्कार गर्नको लागि गरिने खोजलाई नादानुसन्धान भनिएको छ । सङ्गीतमा प्रयोग हुने ध्वनिलाई पनि नाद भनिएको छ । त्यसैले सङ्गीत सृजनाको आधार पनि नाद नै रहेको मान्न सकिन्छ । आहत र अनाहत गरी २ नादमा ब्रह्म साक्षात्कार गराउने नाद र लौकिक ख्याति प्राप्ति गराउने नादको उत्पत्ति, भेद, स्वरूप, लक्षण र महत्व लगायतका विषयमा स्पष्टता हासिल गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ । यसका लागि सङ्गीत एवं वैदिक वाङ्मयमा दिइएका तथ्य र प्रमाणहरूका आधारमा गुणात्मक विधिद्वारा व्याख्या तथा विश्लेषण गरी सुक्ष्मताले नियाल्ने र त्यसलाई उजागर गर्ने लक्ष्य राखिएको छ । ब्रह्म प्राप्ति अथवा मोक्षमार्गमा जान चाहनेले आहतको तुलनामा अनाहत नादको उपासना धेरै गर्ने गरेको र यसलाई मुक्तिदायक नाद मानेको पाइयो भने संसारको विलासिता र अनेक लौकिक इच्छा पूर्तिको कामना गर्नेहरूले केवल आहत नाद अर्थात् रक्तिदायक नादको साधना गर्ने गरेको पाइएको छ । साथै अनाहत नादको व्यवहारिक सङ्गीतसंग कुनै सम्वन्ध नरहेको भनिए तापनि अत्यन्त चञ्चल मन उपास्यब्रह्ममा स्थिर गर्न आहतनादले पनि ठुलो भूमिका निर्वहन गरेको हुन्छ भन्ने अध्ययनले देखाएको छ । नादानुसन्धानको विषयमा अध्ययन गर्न चाहनेहरूलाई यस अध्ययनको परिणामले ज्ञान अभिबृद्धि गर्नुको साथै शास्त्र प्रमाणित निश्चित मार्ग प्रशस्त गर्ने छ भन्ने अपेक्षा गरिएको छ ।