बालविकास कक्षामा भाषा सिकाइका सन्दर्भमा शैक्षिक सामग्रीको उपयोग

Authors

  • नानीमाया Nanimaya राना Rana मध्यपश्चिम विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेत

DOI:

https://doi.org/10.3126/jeri.v4i1.75810

Keywords:

बालशिक्षा, व्यावहारिक, शैक्षिक सामग्री, श्रव्यदृष्य, उपकरण

Abstract

प्रस्तुत लेख भाषा सिकाइका क्रममा बालविकास कक्षामा प्रयोग गरिने शैक्षिक सामग्री प्रयोगको अध्ययनमा केन्द्रित छ । यो सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाभित्रका निजी र सामुदायिक गरी छओटा विद्यालयमा सञ्चालित बालविकास कक्षामा प्रयोग गरिएका शैक्षिक सामग्रीको प्रयोग र यसमा भइरहेका समस्या र समाधानका उपायहरू प्रस्तुत गर्ने उद्देश्यमा आधारित छ । यसका लागि वीरेन्द्रनगर नगरपालिकाभित्रका छओटा विद्यालयहरू छनोट गरी उक्त विद्यालयका बालविकास कक्षामा अध्यापनरत छ जना शिक्षक र छ जना प्रधानाध्यापकसँग अन्तर्वार्ता र छलफल गरिएको छ । यस किसिमले प्राप्त तथ्याङ्कको विश्लेषणबाट बालबिकास कक्षामा श्रव्यदृश्य सामग्री, पोष्टर, कागतका शब्दपत्ती, अङ्कपत्ती लगायतका सामग्री प्रयोगमा ल्याइएको छ । शैक्षिक सामग्रीको उपलब्धता पर्याप्त मात्रामा भए तापनि प्रयोगको मात्रा कमजोर देखिन्छ । यसमा विद्यार्थी सङ्ख्या र प्रयोग दक्षताको अभावका कारण शैक्षिक सामग्रीको प्रयोग गर्न झन्झट मानेका छन् । शिक्षकहरू कक्षाकोठामा भाषा कक्षामा शैक्षिक सामग्री उपयोगको सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपको प्रयोग पूर्ण रूपमा सफल देखिँदैनन् । बालविकास कक्षामा शैक्षिक सामग्रीको सङ्कलन, निर्माण र प्रयोग सम्बन्धमा उनीहरूलाई प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
12

Author Biography

नानीमाया Nanimaya राना Rana, मध्यपश्चिम विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेत

ग्य्राजुएट स्कुल अफ एजुकेसन

Downloads

Published

2024-12-31

How to Cite

राना Rana न. N. (2024). बालविकास कक्षामा भाषा सिकाइका सन्दर्भमा शैक्षिक सामग्रीको उपयोग. Journal of Educational Research and Innovation, 4(1), 160–173. https://doi.org/10.3126/jeri.v4i1.75810

Issue

Section

Articles