पाठ्यक्रमको उपयोगका सम्बन्धमा नेपाली भाषा शिक्षकका दृष्टिकोण
DOI:
https://doi.org/10.3126/jeri.v4i1.75806Keywords:
स्तरण, पाठ्यवस्तु, कार्यान्वयन, उपलब्धि, नवप्रवर्तन, प्रबोधीकरणAbstract
प्रस्तुत अध्ययनमा नेपाली भाषा शिक्षणका क्रममा पाठ्यक्रमको प्रयोग सन्दर्भमा शिक्षकहरूका दृष्टिकोणलाई केलाइएको छ । नेपाली भाषा कक्षामा पाठ्यक्रम प्रयोगको अवस्थालाई विश्लेषण गर्ने उद्देश्य यसमा राखिएको छ । गुणात्मक अध्ययन ढाँचाको अवलम्बन गरिएको यस अध्ययनमा आवश्यक तथ्याङ्क सङ्कलनका लागि कक्षाको अवलोकन र शिक्षकसँग खुला अन्तर्वार्ता लिइएको छ । यसरी सङ्कलित तथ्याङ्कको अभिलेखन, सारांश पहिचान, कोड निर्माण, कोडको वर्गीकरण तथा सामूहीकरण र नतिजा पहिचानको प्रक्रिया चरणबद्ध अपनाई विश्लेषण गरिएको छ । सङ्कलित तथ्याङ्कको विश्लेषण गर्दा नेपाली भाषा शिक्षकहरू पाठ्यक्रमको औचित्य र आवश्यकताबारे सैद्धान्तिक रूपमा जानकार छन् तर व्यवहारमा प्रयोग गरेका छैनन् । विद्यालयमा पाठ्यक्रम उपलब्ध भए तापनि तिनलाई प्रयोगमा ल्याइएको छैन । यसका लागि शिक्षकमा पेसागत इमान्दारिताको परिपालनाका साथै सामयिक रूपमा पाठ्यक्रम प्रबोधीकरणको आवश्यकता देखिएको छ । पाठ्यपुस्तकमा राखिएका विषयवस्तु र अभ्यास भाषा सिकाइका लागि पर्याप्त हुने गलत विश्वासका कारण पाठ्यक्रमको उपयोग नगरिएको निष्कर्ष प्राप्त भएको छ । यस अध्ययनले शिक्षकहरूलाई पाठ्यपुस्तकमा सीमित नभई पाठ्यक्रममा आधारित शिक्षण सिकाइतर्फ अभिप्रेरित गर्ने अपेक्षा राखिएको छ ।