भाषा शिक्षणमा साहित्यिक विधाको प्रयोजन
DOI:
https://doi.org/10.3126/jeri.v4i1.75805Keywords:
शिक्षण सामग्री, वौद्धिक क्षमता, सिर्जनात्मक, विधा शिक्षण, पठनबोधAbstract
प्रस्तुत लेख भाषा शिक्षणमा साहित्यिक विधाको प्रयोजन शीर्षकसँग सम्वन्धित रहेको छ । यो लेख भाषा शिक्षणका सैद्धान्तिक स्वरूप ठम्याउनुका साथै विधा शिक्षणको उपयोगिता पत्ता लगाउनुजस्ता उद्देश्यमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको यस अध्ययनमा वर्णनात्मक अध्ययन विधिको प्रयोग गरी पुस्तकालयी कार्यको माध्यमबाट सामग्री सङ्कलन गरी अर्थापन गरिएको छ । यस पहिलोअध्ययनमा द्वितीय स्रोतका रुपमा भाषा शिक्षण र साहित्य शिक्षणसँग सम्वन्धित विभिन्न पाठ्यपुस्तक, विभिन्न पत्रपत्रिकामा प्रकाशित अनुसन्धानात्मक लेखलाई उपयोग गरिएको छ । साहित्यिक विधा शिक्षण रसपूर्ण हुने भएकाले तिनै विधाको उपयोग गर्दै विद्यार्थीहरुमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपको विकास गराउने र विद्यार्थीलाई विभिन्न साहित्यिक विधाको ज्ञान दिई सिर्जनात्मक क्षमताको विकास गराउन भाषा शिक्षणमा साहित्यिक विधा शिक्षणको आवश्यकता रहेको यस लेखमा निष्कर्ष निकालिएको छ ।