कक्षा १–३ को मेरो सेरोफेरो विषयमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था

Authors

  • हिमाकुमारी Hima Kumari वन Ban मध्य–पश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jeri.v4i1.75804

Keywords:

शैक्षिक सामग्री, श्रव्य सामग्री, दृश्य सामग्री, श्रव्यदृश्य शैक्षिक सामग्री, सङ्कलन

Abstract

प्रस्तुत अनुसन्धान कक्षा १–३ को मेरो सेरोफेरो विषयमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था शीर्षक रहेको छ । कुनैपनि विषयको शिक्षण सरल, सहज, अर्थपूर्ण, रोचक, प्रभावकारी र व्यावहारमूलक बनाई उच्चतम रुपमा सिकाइ उपलब्धि हाँसिल गर्न सहयोग पुर्याउने साधन शैक्षिक सामग्री हो । विद्यार्थीहरुमा ज्ञान, सीप, धारणा र प्रतिभाको विकास गरी उच्चतम रुपमा उपलब्धि हाँसील गर्न शैक्षिक सामग्रीको प्रयोग एउटा सशक्त माध्यम र शिक्षण गर्ने सबैभन्दा उत्तम विधिको रुपमा लिइन्छ । अध्ययनका क्रममा शैक्षिक सामग्रीको रुपमा मुख्य गरेर पाठ्यपुस्तक, सेतोपाटी र कहिलेकाँहि नक्शा र चित्र प्रयोग हुने गरेको भएपनि अन्य आधुनिक श्रव्य, दृश्य र श्रव्यदृश्य शैक्षिक सामग्रीको प्रयोग नियमित हुन नसकेको पाइयो । शैक्षिक सामग्रीको संकलन, निर्माण र प्रयोगमा आवश्यक शिक्षक दरबन्दीको अभाव, बढी पिरियड भार, भौतिक विकासको अभाव, स्थानीय स्रोत र साधनको उपयोग गर्न नसक्नु जस्ता समस्याहरु रहेको पाइयो । यसको लागि केन्द्रस्तरदेखि स्थानीय निकायसम्म शैक्षिक सामग्रीको संकलन, निर्माण र प्रयोगमा सबैले नीतिगत व्यवस्थाको साथै कार्यान्वयन पक्षमा जोडदिनुपर्ने देखिन्छ । शैक्षिक सामग्री प्रयोगको समस्या न्यूनिकरण गर्नका लागि शैक्षिक सामग्रीलाई शिक्षणको लागि अनिवार्य साधन बनाउनुपर्ने साथै सबै सरोकारवाला पक्षको समन्वयमा जोड दिनुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
17

Downloads

Published

2024-12-31

How to Cite

वन Ban ह. H. K. (2024). कक्षा १–३ को मेरो सेरोफेरो विषयमा शैक्षिक सामग्रीको प्रयोगको अवस्था . Journal of Educational Research and Innovation, 4(1), 133–141. https://doi.org/10.3126/jeri.v4i1.75804

Issue

Section

Articles