नेपाली विषय शिक्षकको शिक्षणमा तालिमको प्रभाव

Authors

  • चन्द्र बहादुर Chandra Bahadur बुढा Budha भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, म.प. विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jeri.v4i1.75802

Keywords:

शिक्षण तालिम, सिकाइ, अध्ययन गुणस्तर

Abstract

तालिम सिकाइसँग सम्बन्धित विषय हो । शिक्षणमा प्रभावकारिता ल्याउन शिक्षकलाई तालिमको आवश्यकता पर्छ । शिक्षकले तालिम लिएपछि यसको शिक्षणमा प्रभावकारिता भए नभएको खोजी यस लेखमा गरिएको छ । शोध विषयशिक्षणमा तालिमको प्रभावकारिताको अध्ययनमा केन्द्रित छ । प्रस्तुत शोधलेख कक्षाकोठा व्यवस्थापनमा शिक्षकको शिक्षणमा तालिम प्रभावकारिता र विद्यार्थीको सिकाइ उपलब्धिमा स्तरमा पारेको प्रभावको मूल्याङ्कन गर्न प्रत्यक्ष अन्तर्वार्ता र क्षेत्रीय अध्ययन विधिलाई अपनाइएको छ । प्रस्तुत शोधमा मूलतः गुणात्मक अनुसन्धान विधि प्रयोग गरिएको छ । सामग्री सङ्कलनका सन्दर्भमा भने सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूसँगको प्रत्यक्ष सहभागिताका आधारमा अध्ययन गरिएको छ । त्यसैगरी तथ्याङ्क सङ्कलनको तथ्यका आधारमा अवलोकन, अन्तर्वार्ता, प्रश्नावली र छलफल रहेका छन् । यस सन्दर्भमा तालिमलाई शिक्षकको े पेसागत दक्षता विकासको आधार र सिकाइको प्रभावकारी एवम् अर्थपूर्ण माध्यमका रूपमा लिइएको छ । कक्षाकोठामा तालिमको प्रभावकारी प्रयोगबाट विद्यालय नमुना छनोटमा परेका माध्यमिक तहका नेपाली विषयशिक्षक र विद्यार्थीहरूलाई नमुना जनसङ्ख्याका रूपमा लिएको छ । वर्तमान समयमा भने समाजको बदलिँदो स्वरूप र विज्ञानको तीव्र   विकासका कारण सिकाइ वा शिक्षण प्रक्रियामा पनि परिवर्तन आएको छ, जसका लागि शिक्षकलाई नवीन प्रविधिको प्रयोगमा आधारित तालिमको आवश्यकता भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
28

Author Biography

चन्द्र बहादुर Chandra Bahadur बुढा Budha, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, म.प. विश्वविद्यालय


उपप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

बुढा Budha च. ब. C. B. (2024). नेपाली विषय शिक्षकको शिक्षणमा तालिमको प्रभाव. Journal of Educational Research and Innovation, 4(1), 109–120. https://doi.org/10.3126/jeri.v4i1.75802

Issue

Section

Articles