स्नातकोत्तर नेपाली शिक्षाका साहित्यसम्बद्ध पाठ्यांशहरूको मूल्याङ्कन

Authors

  • Buddharaj Khaniya शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि.,कीर्तिपुर

DOI:

https://doi.org/10.3126/jeqtu.v5i1.76750

Keywords:

प्रायोगिक पाठ्यविषय, शिक्षण सिकाइ, साहित्यिक विधा, सैद्धान्तिक पाठ्यांश

Abstract

यो अनुसन्धान लेख त्रि.वि., शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीअनुसार स्नातकोत्तर नेपाली शिक्षाका साहित्यसम्बद्ध पाठ्यांशमा केन्द्रित छ । निर्दिष्ट पाठ्यांशमा समाविष्ट उद्देश्य र पाठ्यविषयलाई शैक्षणिक दृष्टिले विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । गुणात्मक ढाँचामा तयार पारिएको यस लेखमा विषय विज्ञका धारणा समाविष्ट छन् । प्रस्तुत लेखमा तथ्य सङ्कलन स्थलगत अध्ययन तथा पुस्तकालयीय कार्यबाट गरिएको छ । पुस्तकालयीय कार्यअन्तर्गत नेपाली आख्यान र नाटक, पूर्वीय र पाश्चात्य समालोचना, नेपाली कविता काव्य र आधुनिक नेपाली निबन्ध र समालोचनाका पाठ्यांश लिइएको छ भने स्थलगत अध्ययनका लागि उद्देश्यपूर्ण नमुना छनोटका आधारमा पाँच जना विषय विज्ञ छनोट गरिएको छ र उनीहरूसँग अर्धसंरचना प्रकृतिको अन्तरवार्ताका आधारमा पाठ्यांशसम्बन्धी तथ्य सङ्कलन गरी व्याख्या विश्लेषण गरिएको छ । पूर्वीय र पाश्चात्य समालोचना, नेपाली कविता काव्य र आधुनिक नेपाली निबन्ध र समालोचना पाठ्यांशका कुनै पनि उद्देश्य र पाठ्यविषय भाषा शिक्षणसँग जोडिएका छैनन् । विषय विज्ञले भनेझैँ ती पाठ्यांशलाई भाषा शिक्षणसँग आबद्ध गरी परिमार्जन गर्नुपर्दछ भने नेपाली आख्यान र नाटकको पाठ्यांशमा मुख्य मुख्य उद्देश्य र पाठ्यविषय भाषा शिक्षणसँग जोडिएको हुँदा उक्त पाठ्यांशलाई सामान्य परिमार्जनको आवश्यकता रहेको निष्कर्ष प्राप्त भएको छ । स्नातकोत्तर नेपाली शिक्षाका साहित्य सम्बद्ध सबै पाठ्यांशमा समाविष्ट उद्देश्य र पाठ्यविषयलाई सङ्कायअनुरूप शिक्षाशास्त्रीय स्वरूप दिनुपर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
15

Downloads

Published

2024-12-31

How to Cite

Khaniya, B. (2024). स्नातकोत्तर नेपाली शिक्षाका साहित्यसम्बद्ध पाठ्यांशहरूको मूल्याङ्कन. Education Quarterly, 5(1), 120–133. https://doi.org/10.3126/jeqtu.v5i1.76750

Issue

Section

Articles