मैथिली मातृभाषी विद्यार्थीको नेपाली उच्चारण क्षमताको अवस्था {Of Maithili mother tongue student's Nepali pronunciation ability situation}
DOI:
https://doi.org/10.3126/jeqtu.v4i1.57407Keywords:
टि टेस्ट, शब्दोच्चारण, त्रुटि विश्लेषण, पियर्सन रिलेसन, सिग्निफिकेन्टAbstract
प्रस्तुत लेख मैथिली मातृभाषी विद्यार्थीले नेपाली उच्चारण गर्दा गर्ने त्रुटिको पहिचान गरी त्रुटि दर पत्ता लगाउनु उद्देश्य रहेको छ । सिरहा नगरपालिका भित्रका चार वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत मैथिली मातृभाषी विद्यार्थीहरूको उच्चारणसम्बन्धी त्रुटि मापनको लागि ४३ वटा शब्दहरू छनोट गरिएका छन् । छात्रछात्रा, उमेरसमूह, बसाइ क्षेत्र र अभिभावकको पेसालाई लक्षित गरिएको छ । उद्देश्यमूलक नमुना छनोट विधिलाई कक्रोनको सूत्र प्रयोग गरी प्रत्येक विद्यालयबाट चिठ्ठाद्वारा प्रत्येक विद्यार्थीको प्रतिनिधित्व हुने गरी जम्मा विद्यार्थी सङ्ख्या १३०२ मध्ये १७३ जना छनोट गरिएका छन् । शुद्ध उच्चारण गर्नेलाई १ कोड र अशुद्ध उच्चारण गर्नेलाई २ कोड राखी प्राथमिक स्रोतबाट तथ्याङ्क सङ्कलन गरी क्एक्क् सफ्टवेयरमा राखेर वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । शब्दहरूको प्रकृति र बनोटका आधारमा त्रुटि पनि कम बढी हुन्छ नै । सिग्निफिकेन्ट लेभल १, पियर्सन रिलेसनको मान –.०८२, टी टेस्ट गर्दा ऋयजभल’कम . ०.९ रहेको छ । मध्यमान २७.२१५ रहेको छ । उल्लिखित मानहरूका आधारमा मैथिली मातृभाषी विद्यार्थीको नेपाली उच्चारण समग्रमा राम्रै देखिन्छ । केही मात्रामा देखिएका त्रुटिहरूलाई सुधारका लागि तल्लै कक्षादेखि त्रुटि गर्ने बेलामा नै पृष्ठपोषण दिंदै जानुपर्दछ । बोलाइ सिपमा आधारित रूपक विधा, वादविवाद, वक्तृत्वकला, सस्वरवाचनजस्ता क्रियाकलापहरूमा सहभागी गराउनुपर्दछ । विद्यालय अवधिभरि नेपाली भाषाको अनिवार्य प्रयोग र बोल्ने बेलामा भएका त्रुटिलाई त्यतिखेर नै गुरु, साथीहरूबाट पृष्ठपोषण दिंदै जानुपर्दछ । सकभर घरपरिवार लगायत साथीभाइसँग नेपाली भाषामा नै कुराकानी गर्नुपर्दछ । विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी हुन आवश्यक देखिन्छ ।