लिङ्ग, वचन, पुरुष र आदरका आधारमा हायु, दराई र नेपाली भाषा
DOI:
https://doi.org/10.3126/jdr.v10i1.75894Keywords:
अनादर, आदर, आदरार्थी, पुरुष, भोट, मातृभाषा, व्याकरणिक कोटि, व्याघात, लिङ्ग, वचन, सङ्गतिAbstract
लिङ्ग, वचन, पुरुष र आदरका आधारमा हायु, दराई र नेपाली भाषा’ शीर्षकको यस लेखमा लिङ्ग, वचन, पुरुष र आदरमा हायु, दराई र नेपाली भाषालाई आधारमा तुलना गरिएको
छ । यसमा हायु भाषाका सामग्री सिन्धुली र रामेछाप जिल्लाका हायु मातृभाषा बोल्ने हायुहरूबाट र दराई भाषाको सामग्री तनहुँका दमौली वरिपरिका दराई बस्तीहरूमा बस्ने दर
ाईहरूबाट भाषा सङ्कलन गरी तयार पारिएको ढकाल (२०७०) बाट लिइएको छ । यस अध्ययनले हायु र दराई मातृभाषीलाई नेपाली भाषाको लिङ्ग, वचन, पुरुष र आदर व्यवस्था
सिकाइमा के कस्ता भिन्नता देखा पर्छन् भन्ने कुराका विषयमा जानकारी प्रदान गरेको छ । यसले गर्दा यो अध्ययन हायु र दराई मातृभाषी विद्यार्थीलाई नेपाली भाषाशिक्षण गर्ने शिक्षक
र विद्यार्थीका लागि निकै उपयोगी हुनेछ । हायु र दराई भाषामा लिङ्गको प्रभाव केवल नाममा सीमित छ, क्रियामा यस्तो प्रभाव परेको देखिँदैन भने नेपाली भाषामा लिङ्गको प्रभाव
नाम, विशेषण र क्रियामा परेको देखिन्छ । हायु र दराई मातृभाषा भएका विद्यार्थीहरूले नेपाली भाषामा पुलिङ्ग र स्त्रीलिङ्गी प्रयोगमा कठिनाइ् बेहोर्नु पर्ने हुनसक्छ । नेपाली भाषाको
झैँ हायु र दराई दुवै भाषामा कर्तामा एकवचन र बहुवचनको प्रयोग भिन्न हुने गरेको छ । यी दुवै भाषामा नेपाली भाषाको जस्तो एकवचन र बहुवचन क्रिया प्रयोगमा भिन्नता
रहेको देखिएन । यस विशेषताका कारण हायु र दराई दुवै भाषी विद्यार्थीले नेपाली भाषाको एकवचन र बहुवचन प्रयोगमा त्रुटि गर्नसक्ने अवस्था सिर्जित हुन्छ । हायु र दराई भाषीले ने
पाली भाषाको एकवचन र बहुवचनका आधारमा उपयुक्त क्रिया प्रयोग नगर्न सक्ने अवस्था देखिन्छ । पुरुषगत व्यवस्थामा नेपाली र दराई भाषामा समान किसिमले कर्ता र क्रिया प्रभावित
बनेको अवस्था देखिन्छ भने हायु भाषामा पुरुषगत व्यवस्था कर्ताका लागि मात्र विभेदक बन्नाले हायु मातृभाषी विद्यार्थीहरूले प्रथम पुरुष, द्वितीय पुरुष र तृतीय पुरुषको प्रयोगमा क्रियामा
त्रुटि गर्न सक्ने अवस्था सिर्जना भएको देखिन्छ । नेपाली र दराई भाषामा अनादर र आदर का लागि भिन्न कर्ता र क्रिया प्रयोग भए पनि हायु भाषाको आदर व्यवस्थामा यस प्रकारको
व्यवस्था देखिँदैन । यसबाट हायु मातृभाषी विद्यार्थीहरूले नेपालीको आदरगत प्रयोगमा त्रुटि गर्ने सम्भावना देखिन्छ ।