नेपाली भाषा र साहित्यको विकासमा भारतीय नेपालीहरूको भूमिका
DOI:
https://doi.org/10.3126/jdr.v10i1.75890Keywords:
उर्वरभूमि, छापापत्रिका, भारतभूमि, मातृभाषा, मातृभूमिAbstract
नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा हो भने भारतका विभिन्न ठाउँहरू ः दार्जिलिङ, खर्साङ, कालिपोङ, सिक्किम, आसाम, जलपाइगुढी आदि क्षेत्रका भारतीय नेपालीले पनि यस भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्दछन् । भारतमा बोलिने नेपाली भाषालाई भारतीय नेपाली भाषा भनिन्छ । नेपालमा यो भाषा सरकारी कामकाजको भाषा हो भने भारतमा भारतीय सरकारी मान्यता प्राप्त भाषा हो । यो भाषा विभिन्न भाषाभाषिको सम्पर्क भाषा पनि हो । नेपालबाट काम र मामका सिलसिलामा नेपालीहरू जहाँजहाँ पुगेका छन् त्यहाँ नेपाली भाषा बोल्दछन् र यस भाषाप्रति सम्मान र प्रगाढ आस्था पनि प्रकट गर्दछन् । साहित्य सिर्जनाका हिसाबले पनि यो भाषा संवृद्ध छ । भारतीय भूमि खासगरी दाजिर्लिङ्, खर्साङ, कालिपोङ र सिक्किममा रहेका नेपालीहरू जसलाई भारतीय नेपाली पनि भनिन्छ, तिनीहरूको नेपाली भाषाप्रतिको माया, ममता; नेपाली भाषाको उत्थान तथा संवृद्धिमा उनीहरूको यो गदान र उनीहरूद्वारा सिर्जना गरिएका नेपाली साहित्यसम्बन्धी कार्यको खोजी गर्नु आवश्यक भएको छ । पुस्तकालय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोत सामग्री सङ्कलन गरी यिनै सामग्रीको अध्ययन र पुनरावलोकनबाट गुणात्मक अनुसन्धान ढाँचामा विश्लेषित यस अनुसन्धान लेखमा भारतीय नेपालीहरूले नेपाली भाषा र साहित्यको विकासमा केकस्तो यो गदान पुर्याएका छन् भन्ने प्राज्ञिक समस्यामा यो लेख केन्द्रित रहेको छ । विवरणात्मक र विश्लेषणात्मक विधिद्वारा भारतीय नेपालीहरूले नेपाल भूमि वा भारतभूमिमा रहेर नेपाली
भाषाको विकासमा योगदान दिएकाले तिनीहरूलाई नेपाल र भारत दुवै सरकारले उचित मान, सम्मान र संरक्षण गर्नुपर्दछ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ ।