साहित्यमा उपयोगितावाद
DOI:
https://doi.org/10.3126/jdr.v7i1.67026Keywords:
आत्मविस्तार, विश्वपरिवेश, जिजीविषा, सहजानुभूति, प्रयोजनAbstract
संसारमा कुनै पनि वस्तु, विचार वा कार्यको महत्त्व सिद्ध गर्नका निम्ति उपयोगितावादलाई कसी मान्ने प्रचलन परापूर्वकालदेखि नै चलिआएको छ । खास खास काल विशेषको सामाजिक उद्देश्यअनुरूप उपयोगिताको स्थापना र प्रतिमान बदलिँदै रहेको छ । उपयोगिताको प्रतिमानमा हेरफेर भइरहे पनि यसको सिद्धान्त भने निरन्तर चलिरहेकै छ । साहित्यको उपयोगितावादलाई सोद्देश्यवाद पनि भनिन्छ । पूर्वमा काव्यको प्रयोजनले उपयोगिताको अर्थ वहनगरेको छ भने पश्चिममा उपयोगितावादका रूपमा व्यवहृत हुँदै आएको छ । पाश्चात्य जगत्मा देखा परेको ‘कला कलाको लागि’ भन्ने सिद्धान्त उपयोगिवावादको विरोधीका रूपमा उपस्थित भएको ठानिन्छ तापनि त्यसको पनि आफ्नै उपयोगिता रहेको छ । उपयोगितावाद शब्दको प्रयोग सर्वप्रथम पाश्चात्य साहित्यमा गरिएको भए पनि पूर्वीय साहित्य चिन्तनमा साहित्यको प्रयोजनका रूपमा यो सिद्धान्त परापूर्वकालदेखि नै व्यवहृत भइरहेको छ । केही पूर्वीय काव्यशास्त्रीएवं पाश्चात्य साहित्यशास्त्रीका विचारलाई उपयोग गर्दै साहित्यमा उपयोगितावादी धारणाहरूको विहङ्गम अध्ययन गर्नु यस आलेखको उद्देश्य रहेको छ । यस आलेखमा उपयोगितावादको परिचयका साथै पूर्व र पश्चिम द्ुवैतिर उपयोगितावादलाई विभिन्न स्वरूपमा स्वीकार गरिएको विषयलाई केही सन्दर्भहरूको सहयोगमा उजागर गर्दै साहित्यमा
यसको महत्त्व रहेको निष्कर्ष निकालिएको छ ।