शाकुन्तल महाकाव्यमा प्रबन्ध वक्रता
DOI:
https://doi.org/10.3126/jdr.v7i1.67022Keywords:
आनुषङ्गिक, नामकरण,, कथासाम्यAbstract
प्रस्तुत अध्ययनपत्र वक्रोक्ति सिद्धान्तको छैठौं भेद प्रबन्ध वक्रताका आनुषङ्गिक फल वक्रता, नामकरण वक्रता र कथासाम्य वक्रताका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यको विश्लेषण गर्ने क्रममा तयार पारिएको हो । वक्रोक्ति सिद्धान्त कुन्तकद्वारा प्रतिपादित पूर्वीय साहित्य सिद्धान्त हो । यहाँ यसै सिद्धान्तको प्रबन्ध वक्रताको सैद्धान्तिक परिचय दिई त्यसकै आधारमा समग्र कृतिको अध्ययन गरी प्रबन्ध वक्रताका दृष्टिले शाकुन्तल महाकाव्य उच्च कोटिको प्रबन्ध काव्य रहेको निष्कर्ष दिइएको छ ।