प्रेमपिण्ड नाटकका नारी पात्रमा नारी चेतना
DOI:
https://doi.org/10.3126/jdr.v7i1.67019Keywords:
अस्तित्वबोध, आत्माभिमान, ङ्गिक विभेद, सहभाव, हठAbstract
बालकृष्ण समको जन्म राणापरिवारमा भएको थियो । राणाशासन व्यवस्था निरङ्कुश थियो । त्यहाँ जनतालाई सबै स्वतन्त्रता र अधिकारबाट वञ्चित गराइएको अवस्था थियो । राज्यको स्रोत र साधन राणाहरूकै भोगविलासमा केन्द्रित थियो । यस्तो राजनीतिक र सामाजिक अवस्थामा सामान्य जनताको अवस्था र त्यसमा पनि सामान्य नारीहरूको चेतनाको स्तर पक्कै उदार हुन सक्तैन । शिक्षाको चेतनाको अभाव, पितृसत्तात्मक सामाजिक सोचको वर्चस्व आदिले गर्दा नारीले निरीह र सम्झौतावादी व्यवहार गर्नुपर्ने निश्चित छ तर यस्तो सामाजिक व्यवस्थामा पनि सविताजस्ती एकदुई जना पात्रहरू तत्कालीन नेपाली समाजमा नभएका होइनन्, जसले आफ्नो अस्तित्वका लागि आवाज उठाउन कहिल्यै छोड्दैनन् । विविध कालखण्डमा रहेका यस्तै एकदुई नारी हस्तीकै नारी चेतनाले नै नारीमुक्तिको आन्दोलनलाई डो¥याउँदै आजको स्थितिसम्म ल्याइपु¥याएको हो भन्दा अन्युक्ति नहोला । नारीमुक्ति आन्दोलनलाई सफल बनाउन विविध नारी योद्धाहरूजस्तै योगमाया आदिले आफ्नो प्राणको आहुतिसमेत दिएको इतिहास छ । प्रस्तुत लेखमा प्रेमपिण्ड नाटकमा मालिक ऐडविलको इच्छा विपरीत दृढ विश्वासका साथ विद्रोह गर्दै अन्त्यमा नकुलको लाशसँगै कालीमा हाम फालेर प्राण उत्सर्ग गरेकी सविताको नारी चेतनाको अध्ययन गरिएकोछ । यस क्रममा निगमनात्मक
शोधविधिको उपयोग गरिएको छ । सभ्यताको आरम्भदेखि देखिएको सामाजिक व्यवस्था र त्यसको चापप्रतिचापमा निर्मित नारी चेतनाका विविध चरणहरूको अध्ययन गर्दै यससम्बन्धी एउटा सैद्धान्तिक अवधारणा बनाइएको छ । यसकैआधारमा समको प्रेमपिण्ड नाटकमा रहेका नारी पात्रमा पाइने नारी चेतनासम्बन्धी अध्ययन गरिएको छ । यस क्रममा समको मूल कृतिलाई प्राथमिक स्रोतअन्तर्गतको सामग्रीको रूपमा र यस नाटकका बारेमा लेखिएका समालोचना, समीक्षा आदिलाई द्वितीय सामग्रीका रूपमा सङ्कलन गरिएको छ । समका नाटकमा विषयवस्तु, शैली, संरचना आदि पक्षको मात्र विविध देखिँदैन, यिनका नाटकमा सङ्कीर्ण, उदार र विद्रोही तीनै प्रकारका नारी चेतना भएका नारी पात्रको पनि प्रयोग देखिन्छ । प्रेमपिण्ड नाटकमा राणाशासनकालको राजनीतिक र सामाजिक परिवेशमा पनि अस्तित्ववादी नारी चेतना भएका सविताजस्ता पात्रहरू दरबारभित्र थिए, जसले आफ्नै मालिकको विरूद्धमा आवाज उठाए भन्ने यथार्थको जीवन्त चित्रण पाइन्छ । आवाज उठाउनु सबैभन्दा महŒवपूर्ण कुरा हो । यहीँबाट परिवर्तनको कथा सुरु हुन्छ । समको प्रेमपिण्ड नाटकमा संवत् १९०५ देखि १९६५ सालसम्मको नेपाली सामाजिक पृष्ठभूमिमा तत्कालीन नारी पात्रका नारी चेतनाको प्रतिबिम्ब उतारिएको छ भन्नु नै प्रस्तुत लेखको मूल निचोड हो ।