दुःखान्तताका दृष्टिले अन्धवेग नाटक
DOI:
https://doi.org/10.3126/jdr.v6i01.66947Keywords:
अन्तद्र्वन्द्व, उत्कण्ठा, कामवासना, चरमोत्कर्ष, आवेगAbstract
आचार्य भरतमुनि पूर्वीय नाट्यकलाका आदिम व्याख्याता हुन् । नाट्यसिद्धान्तको चर्चापरिचर्चायिनीबाटैआरम्भ भएको देखिन्छ । यसरी हेर्ने हो भन्ने नेपाली रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामोदेखिन्छ तर नेपाली नाटक र रङ्गमञ्चले आधुनिकता प्राप्त गर्नका लागि उन्नाइसौ शताब्दीको उत्तरार्धको समयसम्मकुर्नुपर्यो । तत्कालीन समयमा दरबारभित्रको रङ्गमञ्चमा मात्र होइन, लोकमा भिजेको ज्यापु नाटकमा समेत भारतीय पारसीथिएटरको प्रभाव र प्रभुत्व स्पष्ट देख्न सकिन्थ्यो । यस्तो स्थितिमा रूद्रराज पाण्डेजस्ता तत्कालीन बुद्धिजीवी साहित्यकारमानेपाली भाषामा नाटक लेख्न र मञ्चन गर्न पाए, नेपाली भाषा र साहित्यको उन्नति हुने कुरा व्यक्त गरिनाले त्यस समयमानेपाली मौलिक नाटक रचनाको जटिल अवस्थाको अनुमान लगाउन सकिन्छ । यस्तो जटिल र भयको बाबजुद बालकृष्ण समले१९७७ तिर नेपाली नाटक लेख्ने प्रयास गरे भने १९८६ मा वियोगान्त नाटक मुटुको व्यथा प्रकाशित गराए । यस नाटककोप्रकाशनस“गै नेपाली नाटकको क्षेत्रमा युगान्तकारी परिवर्तनको सुत्रपात भयो । नेपालीपन र दुःखान्तताको स्थिति हुनुले नेपालीनाट्यक्षेत्रमा यसको विशिष्ट योगदान देख्न सकिन्छ । पूर्वीय सुखान्त नाट्यपरम्परालाई भत्काउँदै समले दुःखान्त नाट्यपरम्पराबसालेका मात्र होइनन्, यसलाई विकसित रूप दिने काम पनि गरेका देखिन्छन् । समको दुःखान्तीय व्यक्तित्व र पाश्चात्य जगत्कासेक्सपियरलगायतका नाटककारका दुःखान्त नाट्यकलाको अध्ययनबाट प्राप्त दुःखान्तीय प्रेरणा र प्रभावको चापप्रतिचापबाटउनका दुःखान्त नाट्यकलाको सिर्जना भएको देखिन्छ । यस लेखमा समको अन्धवेग नाटकलाई दुःखान्तताका दृष्टिले अध्ययन गरिएको छ । यस क्रममा निगमनात्मक शोधविधिको उपयोग गरिएको छ । दुःखान्तताका कारक तत्वलाई उपकरणका रूपमा अगाडि राखेर आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी व्याख्यात्मक र विवरणात्मक ढङ्गबाट त्यसको व्यवस्थापन गरिएको छ । यस क्रममा समका दुःखान्त नाटकहरूको निर्धारण गर्दै त्यसमध्ये अन्धवेग नाटकमा रहेको दुःखान्त नाट्यचेतनाको अध्ययन गरिएको छ । सेक्सपियरको नाट्यकलाबाट प्रभावित भएर पनि नेपालीपनलाई छुँदै दुःखान्तीय स्थितिलाई स्वाभाविक ढङ्गले प्रयोग गर्दै नेपाली नाट्यजगत्मा दुःखान्त नाट्यकलाले प्रतिष्ठा, उत्थान र चरमोत्कर्षसमेत समले नै दिएका हुन् । अन्धवेग नाटक दुःखान्त नाट्यकलाले उत्कृष्ट नाटक हो भन्नु नै प्रस्तुत लेखको मूल निचोड हो ।